Hamro Sanchar

भैरहवाका १० कक्षामा पढ्ने युवाले बनाए माउबिना नै चल्ला निकाल्ने प्रविधि

प्रकाशित : २०७५/११/१४ गते

भैरहवा । कुखुराले मात्र अण्डा कोरल्छ भन्ने मान्यातालाई तोड्दै रुपन्देहीमा एक युवाले नयाँ प्रविधि अपनाएर चल्ला उत्पादन गरेका छन् । भारतमा ह्याचरी प्रविधिको अवलोकनपछि केपीएम एजुकेसन प्रालिमा १० कक्षामा अध्ययनरत १६ वर्षीया ऋषिकुमार गुप्ताले विद्युतीय उपकरणको प्रयोग गरेर चल्ला कोरल्ने प्रविधिको विकास गरेका हुन् ।

गुप्ता आफैँले निर्माण गरेको उपकरणको प्रयोग गरेर अण्डाबाट चल्ला निकाल्न सफल भएका हुन् । यसका लागि उनले स्याउको कार्टुनको प्रयोग गरेका छन् । उक्त कार्टुनको चारैतिर थर्माकोल लगाएर दुई भागमा विभाजन गरिएको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्