Hamro Sanchar

राष्ट्र ब्याङ्कले झन्डै रु १२ करोड बराबरका नोट जलायो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/१३ गते

नेपाल राष्ट्र बैंकले खण्डित भएका, थोत्रिएका र अन्य किसिमले काम नलाग्ने भएका नोटलाई भट्टीमा जलाएर नष्ट गर्ने गरेको छ ।

सटहीको सुविधा दिएर सर्वसाधारणबाट सङ्कलित नोटहरू नष्ट गर्ने एउटा प्रक्रिया नै छ । यसै हप्ता मात्रै राष्ट्र बैंकले झन्डै रु १२ करोड बराबरका नोट जलायो ।

‘१ सय, ५०, २०, १० र ५ सायका नोट दुइपटक गनेर अर्थात भेरीफीकेसन गरेपछि मात्र जलाउछौँ’, मुद्रा व्यवस्थापन विभागका प्रमुख लक्ष्मीप्रपन्न निरौलाले भने, ‘५ सय र हजारको नोटमा पनि सिरियल नम्बरमा प्वाल पर्ने गरी ४ ठाउँ प्वाल पारेर काम नलाग्ने बनाउँछौँ । फेरी ५ प्रतिशत भेरीफिकेसन गरेपछि मात्र जलाउने काम गछौँ ।’

अहिलेसम्म नेपालमा परम्परागत पद्धतीबाट नोट जलाइने गरिन्छ । बैंकले रेण्डम स्याम्लिङद्धारा ‘री काउन्ट’ गरेका बण्डलहरु फर्नेसमा हालेर आगो लगाउने गरेको छ ।

बैंक टेन्डरको चरणमा रहेको र टेन्डरपछि नोटलाई जलाउनु को सट्टा अन्य देशको जसरी धुल्याउने काम गर्ने विभागिय प्रमुख निरौलाले बताए ।

५ सय र हजारका नोटको सरदर आयु साढे ३ वर्ष हुन्छ भने अन्य साना नोटको आयु साढे २ वर्षको हुन्छ ।

प्रतिकृया दिनुहोस्