Hamro Sanchar

हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सिमित

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/४ गते

हिरो गोल्डकप फुटबल प्रतियोगितामा नेपाल उपविजेतामा सिमित बनेको छ। उपाधि भिडन्तमा म्यानमारसंग ३-१ ले पराजित हुँदै नेपाल उपविजेतामा सिमित बनेको हो।

भारतको उडिसास्थित कालिङ्गा रंगशालामा म्यानमारलाई १–१ गोलको बराबरीमा रोकेपनि नेपालले दोस्रो हाफमा दुई गोल ब्यहोरेको हो।

 ४५ औ मिनेटमा मञ्जली कुमारी योञ्जनले गोल गर्दै नेपाललाई खेलमा फर्काएकी थिईन्।

तर ५३ औ मिनेटमा विन थिङ तुनले गोल गर्दै म्यानमारलाई पुन अग्रता दिलाईन्। ६३ औ मिनेटमा यिले ब्यक्तिगत दोस्रो गोल गर्दै म्यानमारको जित सुनिश्चित गरिन्।

भारत र ईरानलाई हराउँदै फाईनल पुगेको नेपालले म्यानमारको चुनौती पार गर्न सकेन। लिग चरणको पहिलो खेलमा नेपाली टिम म्यानमारसंग ३–० ले पराजित भएको थियो।

फिफा वरियतामा आफु भन्दा ६४ स्थानमाथि रहेको टिमसंग नेपालले फाईनल खेलेको थियो। साफ र ओलम्पिक छनोटको तयारीका लागि भारतले प्रतियोगिताको आयोजना गरेको हो।

प्रतिकृया दिनुहोस्