Hamro Sanchar

कतारमा हृदयाघातबाट २ नेपाली कामदारको मृत्यु

प्रकाशित : २०७५/११/४ गते

जनकपुरधाम, फागुन ४- कतारको एलजी कम्पनीमा कार्यरत धनुषा, जनकपुरका ४८ वर्षका उदय नारायण सदाको शुक्रबार हृदयाघातबाट ज्यान गएको छ ।

कतारको सनायामा रहेको एलजी कम्पनीमा कार्यरत सदाको शुक्रबार बिहान कम्पनीमा काम गर्दै गरेको बेला हृदयघात भएर मृत्यु भएको हो ।

यस्तै सोहि कम्पनीमा कार्यरत झापा बुधबारेका रविको १५ दिनअघि हदयघातबाट मृत्यु भएको थियो ।

उनका अनुसार रविको शव एकहप्ता अघि नेपाल पठाइसकिएको र उदयनारायाणको शव नेपाल पठाउने तयारी भइरहेको शैलेन्द्र महतोले उज्यालोमा खबर लेखेका छन् ।

प्रतिकृया दिनुहोस्