Hamro Sanchar

प्रेम विवाह गरेका श्नीमानले एक वर्षकी छोरी भइसकेपछि ‘दलित’ भन्दै गरे घरनिकाला

प्रकाशित : २०७५/११/४ गते

काठमाडौँ, फागुन ४- सल्यानको कुमाख गाउँपालिका-६, च्याउखेलकी एलिसा विकलाई परिवारले ‘दलित’ भन्दै घरनिकाला गरेका छन्। डेढ वर्षीया छोरी काखमा बोकेकी उनी अहिले बिचल्लीमा परेकी छन्।

२१ वर्षीया एलिसाले दुई वर्षअघि स्थानीय टीकाराम रावतसँग प्रेम विवाह गरेकी थिइन्। ‘अहिले सासु(ससुरा मात्र होइन, श्रीमान्ले समेत कुटेर घरबाट लखेटे,’ उनले भनिन्,‘म त जसरी पनि बाँच्थें होला, छोरीलाई के खुवाएर बचाउने भन्ने चिन्ता छ।’

चार महिनाअघि घरबाट निकालिएकी उनी कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारीरहेकी छन्। यही पीडा पोख्न अहिले उनी सदरमुकाम आएकी छन्।चार महिनाअघि घरबाट निकालिएकी उनी कहिले माइत त कहिले आफन्तकहाँ आधा पेट खाएर दिन गुजारिरहेकी छन्।

श्रीमानका साथै सासू प्रीतिकला र ससुरा भागीराम मिलेर घरबाट निकालेको उनले बताइन् । ‘आहारा नपुगेर छोरी रोइरहन्छे, कहाँबाट ल्याएर खुवाउँ रु’ उनले भनिन्, ‘आफन्त र गाउँघरकाले पनि कति दिन खान दिउन्रु’ घरनिकाला गर्नेविरुद्ध उजुरी गरे पनि कारबाही नभएको बताइन्।यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्