Hamro Sanchar

भेरी नदीमा बस खस्योः ४ जनाको शव निकालियो, ९ जना घाइते

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/११/२ गते

बाँकेको नेपालगञ्जबाट रुकुम पश्चिम राडीबजारतर्फ जाँदै गरेको भे१ख १३२९ यात्रुवाहक बस भेरी नदीमा खरेर दुर्घटना भएको छ ।

आज बेलुका जाजरकोटको भेरी नगरपालिका–१ को खलङ्गा रिम्ना सडकखण्डको पिपे नजिकबाट बस भेरीमा खसेको हो । घटनास्थलमै ४ जनाको मृत्यु भएको छ भने ९ जना घाइते भएका छन्। घाइतेहरुको उद्धार गरी स्थानीय स्वास्थ्य चौकीमा पठाइएको छ। यस्तै दुर्घटनामा परी केही यात्रु हराइरहेका र उनीहरुको खोजी कार्य समेत जारी रहेको छ ।

उद्धारका लागि घटनास्थलमा प्रहरी परिचालन गरिएको छ । घटनास्थलमा रुकुम पश्चिमको चाइना बगरबाट प्रहरी उद्धारका लागि खटिएको प्रजिअ बस्नेतले जानकारी दिनुभयो । रुकुम प्रहरीका अनुसार चार जनाको शव निकालीसकेको छ । थप विवरण आउन बाँकी रहेको नेपाल समचार पत्रमा खबर छ ।  -फ़ाइल तस्विर

प्रतिकृया दिनुहोस्