Hamro Sanchar

प्रवाशी नेपालीको पक्षमा उभिइन् रेखा, विमानस्थलमा सामान जफत नगर्न भन्दै श्रममन्त्रीलाई बुझाईन् पत्र

प्रकाशित : २०७५/११/२ गते

काठमाडौं, फागुन १- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन कक्षको भन्सार शाखाले वैदेशिक रोजगारबाट फर्केका युवाहरुलाई कर असुल्ने नाउँमा गरेको अपहेलानायुक्त व्यवहार गरेको भन्दै नायिका रेखाथापाले श्रममन्त्री समक्ष ज्ञापनपत्र बुझाएकि छन् ।

रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टलाई आज मन्त्रालयमा भेटेर श्रमिकहरुको गुनासोको बारे ध्यानाकर्षण पत्र बुझाएकि हुन् । पत्र बुझ्ने मन्त्री विष्टले अर्थ मन्त्रालय सँग समन्वय शुरु गर्ने बताएका छन् ।

सरकार पछिल्लो समय विदेशबाट हवाइ यात्रुले ल्याउने सामानमा कडाइ गर्न एक्सनमा उत्रेको छ ।

गत सोमबार सरकारले विदेशबाट फर्केका नेपालीहरुले बढी परिणाममा ल्याएको सामान बिक्रीका लागि सुचना निकालेको थियो। जुन सरकारले जफत गरेको थियो।

यात्रुहरूले तोकिएकोभन्दा बढी सामान ल्याउने चलन बढ्दै गएपछि त्यसमा कडाइ गरिएको अधिकारीहरूको भनाइ छ। सरकारको यो कडाईको धेरैले आलोचना गरेका छन् ।

प्रतिकृया दिनुहोस्