Hamro Sanchar

कुवेतमा १७ औं बमजन गोल्डकप मार्च २२ र २९ मा खेलाईने

प्रकाशित : २०७५/११/१ गते

कुवेत, फेब्रुअरी १३- माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतको आयोजनामा आउँदो मार्च २२ र २९ तारीखमा कुवेतमा १७ औं बमजन गोल्डकप खेलाइने भएको छ ।

सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको झुकावलाई मध्यनजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्डकप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको आयोजकले जानकारी दिएको छ ।

आयोजकले सबैसंग साथ र सहयोगको अपेक्षा गरेको छ ।

मंगलबार मात्र क्लवले कुवेतको खेलकुद मन्त्रालयबाट स्वीकृत प्राप्त भएको जानकारी गराएको छ ।

२ शुक्रबार लगातार खेलाईने उक्त टुर्नामेण्टमा सहभागी हुन आयोजक क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ ।

खेलको टाईसिट कहिले र कुन दिन गर्ने वारे खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राईले छिट्टै जानकारी दिने जनाइएको छ।

स्थान : फाहाहिलको सनैया फुटबल मैदान
मिति :- २२ र २९ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ८:०० बजे

प्रतिकृया दिनुहोस्