Hamro Sanchar

१० घण्टापछि यसरी समातिए १४ बर्षीय बालकको हत्यारा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२९ गते

पोखराको लेकसाइडमा १४ बर्षीय एक बालकको हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन्। उक्त घटनमा संलग्न वेनी काले भन्ने व्यत्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । श्रोतका अनुसार उनी उक्त घटनामा संलग्न हुने मुख्य व्यत्ति हुन्। प्रहरीले घटनामा संलग्न रहेको आशंकामा अन्य केहीलाई नियन्त्रमा लिएर सोधपुछ समेत गरिरहेको छ ।

मादक पदार्थ सेवन गरेर सामान्य विवाद पछि हत्या भएको बताइएको छ । पाल्पा स्थायी घर भइ लेकसाइडमा बस्दै आएका सचिन सिन्जालीको हल्लनचोकमा निमार्णधिन अबस्थामा रहेको एक भवन भित्र मंगलबार उनको हत्या भएको हो ।

बालकका बाबु गोबिन्द सिन्जालीले लेकसाइडकै शान्ति पाटनमा फ्रेसहाउस संचालन गर्दै आएका छन् । बाबु गोबिन्दले बालक प्राय उनकी आमासँग हल्लनचोकमा बस्ने गरेको र दिनको एक पटक आफ्नो पसलमा आउने गरेको बताए ।

प्रतिकृया दिनुहोस्