Hamro Sanchar

कतारबाट फर्किएका दुई युवा अवैध सुन सहित पक्राउ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२९ गते

वैदेशिक रोजगारीमा गएर अवैध सुन ल्याउने दुई युवकलाई प्रहरीले पक्राउ गरेको छ।महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले कतारबाट फर्किएका सप्तरीका २० वर्षीय सन्तोष यादव र जनकपुरका २५ वर्षीय समिम साफीलाई नियन्त्रणमा लिएको हो ।

यादवको साथबाट २ सय ग्राम सुनको बाला र सतीको साथबाट १५० ग्राम सुन बरामद गरेको प्रहरीको दाबी छ। सुन तस्करले वैदेशिक रोजगारीमा गएका युवाहरूलाई अवैध सुन बोकाएर पठाउने गर्ने गरेको प्रहरी अनुसन्धानमा देखिएको छ।

सरकार ले  १० ग्राम सुनसम्म प्रतिग्राम ५ सय २० रुपैयाँ भन्सार शुल्क तोकेको छ जुन पहिलो ५० ग्रामसम्म प्रति दश ग्राम ५ हजार २०० रुपैयाँ र ५० ग्रामभन्दा बढी थप ५० ग्रामसम्म प्रति दश ग्राम ६ हजार २०० रुपैयाँ भन्सार शुल्क तिर्नुपर्छ।

सरकारी दस्तुर नतिरी अबैध रुपमा चोरी गरि बिमानस्थल पार गर्न सके मनग्य फाईद हुन्छ।अबैध सुन सहित समातिए सो सुन जफत गरि सामान बमोजिम को बिगो जरिवाना गरिने प्राबधान छ।

नेपाल सरकार ले १०० ग्राम सम्म भन्सार तिरी सुन ल्याउन पाउने सुबिधा प्रदान गरेको छ तर नेपाल को एयरपोर्ट को खुकुलो भन्सार चेकजाँच बाट छलेर चोरी छुपी तवर ले सुन तस्करी गर्ने गिरोहको कार्य मा कमि आएको हो कि जस्तो देखिएता पनि सोझासिधा बै.रो बाट फर्कनेहरु लाई भरिया बनाई बिना भन्सार सुनतस्करी गर्ने गोरखधन्दा  नरोकी दिनानुदिन झ्यांगिदै गएको देखिन्छ।

प्रतिकृया दिनुहोस्