Hamro Sanchar

गण्डकी प्रदेशको नेतृत्वमा ढकाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२९ गते

दोहा । गण्डकी प्रदेश समन्वय परिषद कतारको पहिलो साधारण सभा सम्पन्न भएको छ । ‘हाम्रो अभिभारा स् समृद्ध गण्डकी प्रदेश’ भन्ने नारासहित स्थापना भएको गण्डकी प्रदेश समन्वय परिषद कतारको हंसराज ढकाल क्षत्रीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै दोहास्थित गल्फ होराइजन होटलमा शुक्रबार सभा सम्पन्न भएको हो ।

निर्वाचन समितीका संयोजक गुरुनारायण रानाभाटले सर्वसम्मत चयन अध्यक्ष लगाएत समितिको बरिष्ठ उपाध्यक्षमा प्रेम बहादुर विक (म्याग्दी), महासचिवमा रामजी खत्री (गोरखा), सचिबमा युवराज गुरुङ (लमजुङ) र कोषाध्यक्षमा अजय विक (पर्वत)तथा गण्डकी प्रदेश समन्वय परिषद् अन्तर्गतका जिल्ला अध्यक्ष पदेन सदस्य हरु बिश्वबन्धु थापा (कास्की) अजमत अलि, (स्याङ्जा) बिष्णुलाल श्रेष्ठ (लमजुङ), सबिन्द्र श्रेष्ठ (पर्बत), सागर पौडेल (बाग्लुङ), राकेश श्रेष्ठ (गोरखा), केश गुर्छा मगर (तनहुँ), पिताम्बर चापागाईं (नवलपुर) र रमेश पौडेल (म्याग्दी) लाइ प्रमाणपत्र प्रदान गर्दै पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका थिए िसमितिमा २ उपाध्यक्ष, १ सचीव र १ सहकोषाध्यक्ष कार्यसमितिको पहिलो बैठकबाट मनोनित हुनेछन् ।

 

सभाको उद्घाटन कार्यक्रमका प्रमुख अथिति तथा कतारको लागि नेपाली राजदुत प्रा.रमेश प्रसाद कोइराला पानसमा बत्ती बालेर तथा केक काटेर गरेका थिए िकार्यक्रममा गैरआवासीय नेपाली संघ अन्तर्रा्ष्ट्रिय समन्वय परिषद् सदस्य कुमार कार्की, गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष सुदर्शन भट्ट, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतिशिल मञ्च पाचौँ महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की, तराइ मधेस लोकतान्त्रिक मञ्का अध्यक्ष हुसेन खान, कतार नेपाली एकता समाजका उपाध्यक्ष धन बहादुर विक, अन्तर्रा्ष्ट्रिय नेपाली समाज संयोजक देव परियार,नेपाली महिला समाज महासचिव अम्बिका खत्री, अन्तरास्ट्रिय मुस्लिम सेवा समाजका उपाध्यक्ष उमैर आलम, नेपाल प्रवासी आदिवासी जनजाति महासंघका उपाध्यक्ष पुरुषोत्तम सुनुवार, नेपाल पत्रकार महासङ्ग कतार शाखाका उपाध्यक्ष नवराज विक, प्रदेश नम्बर तीन समन्वय परिषदका अध्यक्ष समीर खत्री, प्रदेश नम्बर एक समन्वय परिषदका अध्यक्ष चुडामणी कार्की लगाएतले शुभकामना मन्तव्य राखेका थिए ।

तदर्थ समितिका संयोजक आशबहादुर गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पर्वत समाजका अध्यक्ष सबिन्द्र श्रेष्ठले स्वागत राखेका थिए भने आर्थिक संयोजक तथा लमजुङ सेवा समाजका अध्यक्ष बिष्णुलाल श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । कार्यक्रममा गण्डकी प्रदेश समन्वय परिषद कतारको भावी कार्ययोजना कार्यपत्र भने कार्यपत्र तयारी समितीका संयोजक सिताराम थापाबाट प्रस्तुत गरेका थिए । रामजी खत्रीले संचालन गरेको कार्यक्रममा तनहुँसेवा समाज कतारको सस्कृतिक टोलीले मगरहरु को सस्कृतिक प्रस्तुति कौरा प्रस्तुत गरेर उपस्थित सबैलाई नचाएका थिए । साथै कार्यक्रमको बीच बिचमा भिभिन्न सस्कृतिक प्रस्तुति पनि प्रस्तुत गरिएको थियो ।

प्रतिकृया दिनुहोस्