Hamro Sanchar

टिकट नपाएर स्वदेश फर्कन नसकेका २ चेलीलाई अलअमना कम्पनिको आर्थिक सहयोग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२९ गते

कुवेत, फेब्रुअरी ११- अलअमना सेक्युरिटी सर्भिसेज कम्पनिका अपरेसन मेनेजर होमनाथ गिरि र उनको अपरेसन टिमले टिकट नपाएर स्वदेश फर्कन नसकेकी रुपा नेपालीलाई आर्थिक सहयोग गरेको छ ।

दुताबासको सेल्टरमा रहेकी रुपाको सहयोग रकम उक्त टिमले दुताबासमै पुगेर सहयोग रकम हस्तान्तरण गरेको हो ।

साथै सो टिमले कुवेत स्थित नेपाली दुताबासले इराकबाट उद्धार गर्न लागेको एक नेपाली चेलीलाई पनि आर्थिक सहयोग गरेको छ ।

दुबै पिडित चेलीको सहयोगका लागि ११० केडी (नेपाली ४१,००० भन्दा बढी) दुताबासका श्रमसहचारी ज्ञानेन्द्र शर्मा लगायत दुताबासका पदाधिकारीको रोहबरमा हस्तान्तरण गरिएको हो ।

कुवेतमा समस्यामा परेका र अलपत्र परेका नेपाली कामदारहरुलाई अलअमना सेक्युरिटी सर्भिसेज कम्पनि अपरेसन टिमले सहयोग गर्दै आइरहेको छ ।

                                                         अलअमना सेक्युरिटी सर्भिसेज अपरेसन टीम

प्रतिकृया दिनुहोस्