Hamro Sanchar

परिवार सम्पर्कमा नआउँदा कुवेतमै रोकियो अजिमको शव, सम्पर्कमा आउँन दुताबासको अनुरोध

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२८ गते

कुवेत, फेब्रुअरी ११- गत जनवरी २२ तारिखमा निधन भएका अजिम धुनियाको शव कुवेतमै रोकिएको छ । धनुषा ठाडी झिगा-७ घर भएका मृतक अजिमका परिवार सम्पर्कमा नआउँदा उनको शव कुवेतमै रोकिएको हो ।

राहदानीका आधारमा मृतकको पहिचान खुलेपनि परिवारसँग सम्पर्क हुन नसकेको नेपाली राजदूतावास कुवेतले जनाएको छ । दूतावासका अनुसार मृतकको शव स्वदेश पठाउन आवश्यक कानुनी प्रक्रिया पुरा भैसकेको छ ।

कुवेतको कम्बाइन ग्रुप कम्पनीमा कार्यरत २८ बर्षिय अजिम धुनियाको मृत्युको कारण बारे जानकारी आइनसकेको दुताबासले जनाएको  छ ।

०६१७२१९ राहदानी नम्बर र १७१०१४/४२९ नागरिकता नम्बर भएका अजिम धुनियालाई चिन्ने, परिवार वा आफन्तलाई सम्पर्कमा आउन दुताबासले अनुरोध गरेको छ ।

प्रतिकृया दिनुहोस्