Hamro Sanchar

नेविसंघ अध्यक्ष नैनसिंह महरले दिए पदबाट राजीनामा

प्रकाशित : २०७५/१०/२८ गते

काठमाडौं, माघ २८- नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)का अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् ।

सोमबार काँग्रेस केन्द्रिय कार्यालय सानेपामा जारी समितिको बैठकमा पुगेर महरले सभापति शेरबहादुर देउवालाई राजिनामा बुझाएका हुन् ।

पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब बढेपछि महरले राजीनामा दिएका हुन् ।

महर नेतृत्वमा रहेको नेविसंघको गत भदौ २ मा नै म्याद सकिएको थियो ।

माउपार्टी कांग्रेसले चौथो पटकसम्म म्याद थप गरेर गत १० माघसम्म महाधिवेशन गर्न भन्दै समय दिएको थियो ।

हाल कांग्रेसको केन्द्रिय समिती बैठक समेत जारी छ ।

उपसभापति विमलेन्द्र निधिले जारी केन्द्रिय समिति बैठकमा नै नेविसंघ स्वतह बिघटन भएको भन्दै तदर्थ समिती बनाउन प्रस्ताव गरेका थिए ।

उनको प्रस्तावमा नेता रामचन्द्र पौडेलले समेत सहमती जनाएका थिए । कृष्ण प्रसाद सिटौला र डा. शेखर कोइरालाले भने म्याद थपेरै महाधिवेशन गर्न दिइनु पर्ने भन्दै बैठकमा धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस्