Hamro Sanchar

प्रहरीकै अगाडी गरिबलाई लगाइयो उठिबास, हिम्मतवाला युवकले मोबाइलबाट भिडियो खिच्दै गरे प्रतिकार(भिडियो)

प्रकाशित : २०७५/१०/२७ गते

काठमाडौँ, माघ २७- ४८ सालदेखि पार्वती क्षेत्रीले श्रीदेवी घर्ति क्षेत्रीको जमिनमा काम गर्दै आएकी थिइन । सुरुमा पार्वती र उनको श्रीमानलाई तलव दिने सर्तमा काम लगाएका थिए । तर श्रीदेवीले तलव दिन नसक्ने बरु आफ्नो जमिनको एक छेउमा बस्न दिने भने पछी त्यहि बस्न थाले ।

अदिया कमाएर खान थाले उनीहरु । तर अहिले एकाएक उनीहरु बसिरहेको घरलाई नै तोडफोड गर्दै त्यहाँबाट लखेट्न खोजियो । पार्वतीका अनुसार श्रीदेवीको भाई हु भन्दै पुलिस ल्याएर उठिबास लगाए ।

श्रिदेवीले बस्ने ठाँउ दिने आश्वासन दिएकै भरमा ५७ सालदेखि यो स्थानमा घर बनाई बसेको उनले जानकारी दिइन ।दुख गरि बसेको घरलाई प्रहरीकै संरक्षणमा गुण्डाहरु लगाएर आफ्नो घर तोडफोड गरेको पिडितको भनाइ छ ।

एक युवाले मोबाइलबाट भिडियो खिच्दै प्रहरी कै अगाडी यस्तो गतिबिधि भएको भन्दै भिडियो खिच्दै प्रतिकार समेत गरेका छन् । भिडियोमा उनले प्रहरीलाई समेत प्रश्न गर्दै भनेका छन्- कसैको घरबाट निकाल्ने काजग छ ?

प्रहरीकै सामु पिडितको घर तोडफोडको भिडियो हेर्नुहोस ।

प्रतिकृया दिनुहोस्