Hamro Sanchar

किरात याक्थुङ चुम्लुङ कुवेतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा देबी चेम्जोङ

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२७ गते

कुवेत, फेब्रुअरी ९- किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन सम्पन्न भएको छ । कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा सम्पन्न चौथो अधिवेशनले देबी चेम्जोङलाइ अध्यक्ष चयन गरेको छ ।

चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए  भने उपाध्यक्ष नरेन्द्र थाम्सुहाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

कार्यक्रममा डिसी नेपालका माधब शाही, किरात राई यायोख्खा कुवेतका अध्यक्ष मञ्जीत राई, लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन हमाल, तमु सेवा समाज कुवेतका अध्यक्ष राजु गुरुङ, संघिय लिम्बुवान सामाजिक मञ्च कुवेतका महासचिब सन्तोस राई, आदिबासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल, नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमालले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा आफ्नो चार बर्षे कार्यकाल पुरा गरि स्वदेश फर्किन लागेका नेपाली दूतावास कुवेतका राजदूत यज्ञबहादुर हमाल र धर्मपत्नी रिता हमाललाई किरात याक्थुङ चुम्लुङ कुवेतले दोसल्ला ओढाई कदर पत्रका साथ बिदाई गरेको थियो । साथै किरात राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले पनि सोहि कार्यक्रममा बिदाई गरेको थियो ।

बाक्लो उपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा महासचिव अर्जुन एक्तेन लिम्बुले चुम्लुङको कार्य प्रगती प्रतिवेदन, कोषाध्यक्ष ऐनारसिं आङलाले आर्थिक प्रतिबेदन र देबि चेम्जोङले कार्यनीति प्रस्तुत गरेका थिए । कार्यक्रममा स्थानीय कलाकारहरुबाट उपस्थित अतीथीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए ।

दुर्गा चेम्जोङको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन समिती गठन गरिएको थियो । निर्वाचन मण्डलले घोषणा गरेको नयाँ कार्यसमितिको यस्तो छ-

संस्थापक संरक्षक
१. संरक्षक पुर्ण चेम्जोङ, दिपक खिम्दीङ, दुर्गा चेम्जोङ, कान्तिश्वर लिम्बु, नेत्र लावती

सल्लाहकार समिति
१. सल्लाहकार बल ब. काम्बाङ, अरुण लिम्बु, आर.पि. लिम्बु, हरि लावती, अर्जुन याक्तेन, देउ कुमार लिम्बु, नरेश नेम्बाङ, सुमन लिम्बु

कार्यकारी समिति
१. अध्यक्ष- देवि चेम्जोङ
२. उपाध्यक्ष- नरेन्द्र थाम्सुहाङ मिक्वा
३. उपाध्यक्ष- एनआर सिङ आङला
४. उपाध्यक्ष- रुद्र थोक्लेन लिम्बु
५. उपाध्यक्ष- लिला चेम्जोङ
६. महासचिव- अशोक योङहाङ
७. सचिव- अर्जुन जवेगु
८. सह–सचिव- आश बहादुर तिगेला
९. कोषध्यक्ष- बिजय लिम्बू
१०. सह–कोषध्यक्ष- पुर्णिमा पोमु
११. सदस्यहरु- सुरितहाङ लिम्बु (तुतु तुम्याहाङ)
१२. सदस्य- दिल तुम्रोक
१३. सदस्य- दिल कुमार सुहाङ
१४. सदस्य- निरा कन्दवा
१५. सदस्य- बिरेन्द्र चेम्जोङ
१६. सदस्य- ईन्द्र मादेन
१७. सदस्य- बिरु लिम्बु
१८. सदस्य- दिनेश लिम्बु
१९. सदस्य- तिल लिम्बु
२०. सदस्य- मञ्जु लिम्बु
२१. सदस्य- पुष्पा लिम्बु
२२. सदस्य- प्रेम लिम्बु
२३. सदस्य- रवि चेन्जी माबो
२४. सदस्य- भावना लिम्बु
२५. सदस्य- लक्ष्मी थेगिम
२६. सदस्य- रत्न नेम्बाङ
२७. सदस्य- बिध्या चेम्जोङ
२८. सदस्य- हाङसिङ चेम्जोङ
२९. सदस्य- अर्जुन थक्लुङ लिम्बु
३०. सदस्य- बिमला नुगो
३१. सदस्य- अनिस लिम्बु
३२. सदस्य- इन्दिरा कन्दवा
३३. सदस्य- सुकमाया साम्बा

प्रतिकृया दिनुहोस्