Hamro Sanchar

बिराज तामाङलाई लालीगुराँस सास्कृतिक परिवारको कार्यवाहक अध्यक्षको जिम्मेवारी

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२७ गते

कुवेत, फेब्रुअरी ९- लालीगुराँस सास्कृतिक परिवार कुवेतको कार्यवाहक अध्यक्षको जिम्मेवारी बिराज तामाङलाई दिइएको छ ।

लालीगुराँस सास्कृतिक परिवारको शुक्रबार बसेको वैठकले महासचिव बिराज तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो ।

अध्यक्ष माधब पौडेलले कार्य ब्यस्ताताको कारण संस्थालाई समय दिन नसक्ने भएपछी संस्थाको काम चुस्तदुरुस्त रुपमा अगाडि बढाउन कार्य बाहक अध्यक्ष चयन गरेको संस्थाका प्रवक्ता ईन्द्र थापा मगरले जानकारी दिए । साथै आगामी जुन महिनामा चौथो अधिबेशन तथा नवौ बार्षिक उत्सव पनि मनाउने निर्णय भएको संस्थाले बताएको छ ।

प्रतिकृया दिनुहोस्