Hamro Sanchar

कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहाेस भएका गाउँपालिका अध्यक्षकाे निधन

प्रकाशित : २०७५/१०/२६ गते

पाँचथर, माघ २६- एउटा कार्यक्रममा मन्तव्य राख्दै गर्दा बेहोस भएका पाँचथरको फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष अमरकुमार नेम्बाङको निधन भएको छ ।

शनिबार दिउँसो २ बजे गाउँपालिकाको ५ नम्बर वडाले गरेको कार्यक्रममा प्रमुख अतिथि रुपमा मन्तव्य राख्ने क्रममा अध्यक्ष नेम्बाङ बेहोस भएका थिए ।

७७ वर्षका गाउँपालिका अध्यक्ष नेम्बाङको इलाम अस्पतालमा उपचार हुन नसकेपछि काठमाण्डौ ल्याउने तयारी हुँदै गर्दा निधन भएको हो । उनलाई उच्च रक्तचापको समस्या रहेको पारिवारिक स्रोतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्