Hamro Sanchar

जनजागृतिको अध्यक्षमा टिकाराम आचार्य चयन, यस्तो छ नयाँ समिति

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२७ गते

कुवेत, फेब्रुअरी ९- जन-जागृति युवा समाज कुवेतले शुक्रबार ९ औं वार्षिक उत्सव तथा ५ औं अधिवेशन सम्पन्न गरेको छ । फर्वानिया स्थित द्वाही प्यालेस रेष्टुरेन्टमा भएको अधिवेशनले समाजका महसचिव टिकाराम आचार्यलाई निर्विरोध अध्यक्षमा चयन गरेको हो ।

समाजका निवर्तमान अध्यक्ष छत्र कार्कीको सभापतित्व तथा कुवेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालको प्रमुख आतिथ्यमा सम्पन्न वार्षिक उत्सव तथा अधिवेशन कार्यक्रममा राजदुत हमाल पत्नी रिता हमाल, पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, जिफन्ट कुवेतका अध्यक्ष गणेश रावत, सामाजिक व्यक्तित्व सुजन केसी, सुरज मास्के बिशेष अतिथि रहेका थिए भने बिभिन्न संघसंस्थाका पदाधिकारी, पत्रकार कलाकार लगायत समाजका शुभचिन्तकहरु अतिथि रहेका थिए ।

प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरुद्धारा दिप प्रज्वलन गरि उद्घाटन गरिएको कार्यक्रममा समाजका उपाध्यक्ष आनन्द आचार्यले जन-जागृति युवा समाज कुवेतको परिचय सहित उपस्थितलाई मन्तब्यद्धारा स्वागत गरेका थिए भने कार्यक्रमलाई सचिव जीवन सुनारले संचालन गरेका थिए ।

कोषाध्यक्ष कृष्ण सुनारले संस्थाको बार्षिक आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । महासचिव टीकाराम आचार्यले समाज स्थापना देखि हालसम्म गरेका सामाजिक कार्यहरुका बारेमा जानकारी गराएका थिए ।

समाजले अधिबेशन तथा बार्षिक उत्सबको अवसर पारेर खुल्ला साहित्य वाचन(गीत, गजल, कविता, मुक्तक) कार्यक्रम पनि राखेको छ । साहित्यप्रति रूचि राख्ने साहित्यकर्मीहरूले आ-आफ्ना रचना वाचन गरेका थिए ।

सँस्थाले साहित्य वाचन गर्नेहरूलाई प्रमाणपत्रको ब्यबस्था गरेको थियो ।

कार्यक्रममा राजदुत दम्पतिलाई सम्मान सहित बिदाई गरिएको थियो । यसैगरी सँस्थाले कलमको मध्यमबाट नेपाली समाजमा योगदान गरेको भन्दै पत्रकार महासंघ कुवेतका अध्यक्ष हरिकृष्ण न्यौपानेलाई मायाको चिनो सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो भने संस्थालाई सहयोग गर्ने संस्थाका उपाध्यक्ष आनन्द आचार्य, अध्यक्ष छत्र कार्की, कोष प्रमुख राम बहादुर तामांगलाई सम्मानपत्र सहित दोसल्ला ओडाएर सम्मान गरेको थियो ।

कार्यक्रममा कोसेली समुह र नेपाल कुवेत सांस्कृतिक मंचले पनि राजदुत दम्पतिलाई सम्मान सहित बिदाई गरेका थिए ।

समाजले नयाँ कार्य समिति गठनका लागि अध्यक्ष छत्र बहादुर कार्कीको संयोजकत्वमा भिम बहादुर केसि तथा लाल बहादुर तामाङ सदस्य रहेको ३ सदस्यीय निर्वाचन समिति गठन गरेको थियो ।

निर्वाचन समितिले अध्यक्ष टिकाराम आचार्य सहित सम्पूर्ण पदाधिकारीहरु निर्विरोध चयन भएको घोषणा गरेको थियो ।

कार्यक्रममा बोल्दै राजदुत हमालले बिगतदेखि जनजागृतिले गरेका सामाजिक कार्य, चेतनामुलक कार्यमा दुताबासले पनि सहकार्य गरेको स्मरण गर्दै संस्थाले गरेका कार्यको खुलेर प्रशंशा गरेका थिए । साथै आफु स्वदेश फर्के पनि कार्य क्षेत्रले भ्याएसम्म सामाजिक सेवामा सहकार्य गर्ने बचन समेत दिएका थिए । राजदुत हमालले जनजागृतिको नयाँ कार्यसमितिलाई अझ सक्रिय भएर सामाजिक क्षेत्रमा लाग्न शुभकामना दिए ।

समारोहमा पत्रकार महासंघ कुवेत शाखाका उपाध्यक्ष नवराज पन्थी, जिफन्ट कुवेतका अध्यक्ष गणेश रावत, सामाजिक व्यक्तित्व सुजन केसी, सुरज मास्के लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रमकै बिच आर्थिक समस्यामा परेकी एक नेपाली महिलालाई नेपाल फिर्तीको लागि टिकट बापतको ४५ केडी जन-जागृतिले सहयोग गरेको थियो भने भने २५ केडी उपस्थितहरुबाट संकलन गरि ७० केडी जिफन्ट कुवेतका अध्यक्ष गणेश रावतलाई हस्तान्तरण गरिएको थियो ।

“जागरुक समाजजको खोज, जन-जागृति युवाको सोच” भन्ने नाराका साथ सन २००९ मा स्थापित जन-जागृति युवा समाज कुवेतको नेपाली समाजमा पहिलो सामाजिक सँस्थाको रूपमा चिनिन सफल छ । यस सँस्थाले सुरूवाती वर्षहरूमा ब्लड क्यान्सरले पीडित मन्दिका परियारको उपचारार्थ सहयोग, जीवन र मरणको दोसाँधमा रहेकी शान्ति माया दोङको घरफिर्ति प्रकृयाको लागि अगुवाइ गरेपछि चर्चा कमाएको थियो । सँस्थाले नियमित रूपमा नेपालका विभिन्न क्षेत्र र समुदायका विभिन्न किसिमले पीडितहरूलाइ वार्षिक रूपमा लाखाैंको सहयोग गर्दै आएको छ ।

इन्टरनेटको पहुँच नहुने समयदेखि नै कुवेतमा नेपाली तीथिमिति र चाडपर्व अंकित नेपाली भित्तेपात्रो प्रकाशित गरि निःशुल्क वितरणको सुरुवात जन-जागृतिले गर्दै आएको थियो भने यसको निरन्तरता अझै दिदै आएको छ । यसैगरी अरबी भाषाको थोरै भने पनि ज्ञान होस भनि अरबी भाषा पुस्तक प्रकाशित गरि निःशुल्क वितरण पनि गरेको थियो ।

कुवेतमा हुने गरेका हरेक कृयाकलापहरूमा यहाँ कृयाशिल अन्य संघ सँस्थाहरूसँग सहकार्य र हातेमालो गर्दै आएको यस सँस्थाले हाजिरी जवाफ प्रतियोगिता, वक्तृत्वकला प्रतियोगिता, साहित्यिक कार्यक्रमहरू, अन्तरकृया कार्यक्रम जस्ता रचनात्मक कार्यक्रमहरू समेत गर्दै आएको छ ।

नयाँ कार्य समिति यस्तो छ 

अध्यक्ष – टीकाराम आचार्य
बरिष्ट उपाध्यक्ष – आनन्द आचार्य
उपाध्यक्ष – राम बहादुर तामाङ योन्जन
महासचिव – जीवन सुनार
सचीव – कृष्ण सुनार
सह-सचिव – मिलन तामाङ
कोषाध्यक्ष – राजेन्द्र श्रेष्ठ
सह-कोषाध्यक्ष – एच पि खत्री
अर्थ संयोजक – राम बहादुर तामाङ योन्जन
सह-संयोजक – सुर्य चन्द्र श्रेष्ठ

उप समिति :-
आर्थिक ब्यबस्थापन समिति (राहत -बचत कोष)- (५ सदस्य)
संयोजक – आनन्द आचार्य
सदस्य – छत्र कार्की, भिम केसी, राजेन्द्र श्रेष्ठ, सुर्य चन्द्र श्रेष्ठ

राहत उद्धार तथा जनचेतना समिति (३ सदस्य)
संयोजक – प्रदीप नेपाली
सदस्य- इन्द्र प्रसाद न्यौपाने, पुर्णिमा तामाङ
कार्यक्रम समयोजन समिति (३ सदस्य)
संयोजक- सन्तोष सुनार
सदस्य- रमेश नेपाली, हिरु मगर
संगठन बिस्तार समिति (३ सदस्य)
संयोजक – कृष्ण सुनार
सदस्य- सुनिता तामाङ, राज कुमार चौधरी
ब्यबस्थापन तथा सुरक्षा समिति (९ सदस्य)
संयोजक – प्रेम श्रीस मगर
सदस्य- लाल तामाङ, कृष्ण गुरुङ, टंक कार्की, गंगा मगर, उत्तम वाइवा, सपना राई, मोति मगर, सुस्मा राई
महिला परिचालन समिति (३ सदस्य)
संयोजक – मिरा बि पौडेल
सदस्य- शान्ता भण्डारी, कोपिला साही ठकुरी

प्रतिकृया दिनुहोस्