Hamro Sanchar

कुवेत आएका दम्पतीलाई पर्यो बज्रपात: श्रीमानको हृदयघातबाट मृत्यु, श्रीमतीको लडेर खुट्टा भाँचियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२६ गते

कुवेत, फेब्रुअरी ९- कुवेतमा एक नेपाली कामदारको हृदयघातका कारण मृत्यु भएको छ।

विराटनगर बरघर्छी चादनीचोक घर भै अल टु वाक क्लिनिङमा कार्यरत नीरबहादुर कार्कीको गत फेब्रुअरी ४ तारिखका कम्पनीकै निवासमा निधन भएको हो।

सामान्य विरामी भएपछि औषधी सेवन गर्दै आएका कार्कीलाई ओछ्यानमा अन्तिम अवस्थामा फेला पारेपछि साथिहरुले अस्पताल पुर्याएका थिए ।

अस्पताल पुर्याउदा डाक्टरले हृदयघातको कारण मृत्यु भैसकेको बताएका थिए।

मृतक नीर बहादुरकी श्रीमती पनि कुवेतकै एक क्लिनिङ कम्पनीमा कार्यरत छिन। श्रीमती पनि दुई महिना अघी लडेर खुट्टा भाँच्चिएको र खुट्टामा स्टिल हालिएकोले राम्रोसंग हिडन नसक्ने अवस्थामा छिन्।

मृतकका २ छोरा र १ छोरी छन् ।

मृतकको शव आवश्यक कानुनी प्रक्रिया पूरा गरि नेपाल पठाउने प्रयास भैरहेको नेपाली दूतावास कुवेतले जनाएको छ ।

प्रतिकृया दिनुहोस्