Hamro Sanchar

सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२५ गते

सरकारी गाडी जलाउने नेबिसंघका नेताहरू साधारण तारेखमा रिहा भएका छन् । नेबिसंघका नेताहरू डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलले पोखराका जिल्ला शिक्षा अधिकारीको बा १ झ ५८७९ नम्बरको गाडी जलाएका थिए ।शुक्रबार जिल्ला अदालत कास्कीले उनिहरूलाइ साधारण तारेखमा रिहा गरेकाे हाे ।

गाडी जलाएपछि प्रहरीले ५ जनालाई प्रक्राउ गरेको र तीमध्ये लक्ष्मी पौडेल र राजेन्द्र बराल रिहा भैसकेका थिए  । तर प्रहरीले ३ जनालाई हिरासतमै राखेर सार्वजनिक अपराधको मुद्धा चलाइ अनुसन्धान गरेको थियो  ।

डिफान भुजेल, पर्शुराम बस्नेत र विजय पौडेलविरुद्ध प्रहरीले मुलुकी अपराध संहिता ऐनको प्रावधानअनुसार मुद्धा चलाएको प्रहरीले जानकारी दिएको थियो  । उक्त ऐनमा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तहको पूर्ण वा अधिकांश स्वामित्व वा नियन्त्रण रहेको संगठित संस्था, सर्वसाधारण वा कुनै व्यक्तिलाई कुनै हानि, नोक्सानी वा क्षति पुर्याउन नहुने उल्लेख छ। यसै व्यवस्था अनुसार विद्यार्थी नेताहरुलाई कारबाही भएमा ३ वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। साथै, सार्वजनिक सम्पत्तिमा क्षति भएमा ४ वर्ष सम्म कैद र ४० हजार रुपैयाँसम्म जरिवाना र क्षति अनुसारको क्षतिपूर्ति भराउने कानुनी व्यवस्था छ।

प्रतिकृया दिनुहोस्