Hamro Sanchar

चलचित्र ‘समर लभ’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२५ गते

युवापुस्तामाझ चर्चित उपन्यास समर लभमा आधारित चलचित्र ‘समर लभ’ शुक्रबारदेखि नेपालभर प्रदर्शनमा आएको छ। युवापुस्ताको प्रेममाथि लेखिएको उपन्यासले पाठकमाझ निकै चर्चा कमाएको थियो।

मुस्कान ढकालले त्यही लोकप्रिय उपन्यासमाथि बनेको चलचित्र ‘समर लभ’ निर्देशन गरेका हुन्। चलचित्रमा आशिष पिया तथा रेवती क्षेत्रीको मुख्य भूमिका छ।

उपन्यासका पात्रअनुसार चलचित्रमा अतीतको भूमिका आशिषले तथा सायाको भूमिका रेवतीले निर्वाह गरेका छन्। उपन्यासकी अर्की मुख्य पात्र सुस्मिताको भूमिकामा नम्रता सापकोटा देखिँदै छिन्। आशिष र रेवतीको यो पहिलो चलचित्र हो।

चलचित्रका पात्रमा दर्शकले आफैंलाई फेला पार्न सक्ने निर्देशक मुस्कान ढकाल बताउँछन्।समर लभ प्रेममा आधारित चलचित्र हो । यो चलचित्रको छायांकन कथामा उल्लेख भएका ठाउँहरूमै गएर गरिएको निर्माण पक्षले जनाएको छ।

प्रतिकृया दिनुहोस्