Hamro Sanchar

राष्ट्रपति भण्डारीद्वारा संक्रमणकालीन न्यायसम्बन्धी दुई विधेयक प्रमाणीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२५ गते

राष्ट्रपति विद्यादेवी भण्डारीले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगको म्याद एक वर्ष थप्ने विधेयकलाई प्रमाणिकरण गरेकी छिन् ।

संघीय संसदका दुवै सदनले पारित गरेर शुक्रबार नै राष्ट्रपति भण्डारी समक्ष पेश गरेको विधेयक प्रमाणीकरण गरेकी हुन्। विधेयक प्रमाणीकरण भएसँगै शनिबार म्याद सकिँदै गरेका दुई आयोगको कार्यकाल एक वर्ष थप भएको छ।

आयोगमा हाल रहेका पदाधिकारीको कार्यकाल भने आउँदो चैत मसान्तसम्म मात्र रहन सक्ने व्यवस्था गरिएको छ। द्वन्द्वकालीन मुद्दाको छानबिन गर्न २०७१ सालमा दुई वर्ष मात्र कार्यकाल रहने गरी गठन गरिएका आयोगले निर्धारित समयमा काम नसकेपछि दोस्रोपटक एक वर्ष म्याद थपिएको हो ।

सत्य निरुपण आयोगमा ५८ हजार र बेपत्ता छानबिन आयोगमा दुई हजार आठ सय उजुरी दर्ता भएका छन् ।

प्रतिकृया दिनुहोस्