Hamro Sanchar

‘को बन्छ करोडपति’ को दोस्रो एपिसोडमा एक महिला प्रतियोगीसँग छमछमी नाचे महानायक

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/२५ गते

चर्चित टेलिभिजन शो ‘को बन्छ करोडपति’ सुरु भएको छ। अहिले यस टेलिभिजन शो को दोस्रो एपिसोडको प्रोमो सार्वजनिक भएको छ ।ब्रिटेनको चर्चित टेलिभिजन शो ‘हु वान्ट्स टु वि ए मिलेनियर’को नेपाली संस्करण ’को बन्छ करोडपति’को पहिलो एपिसोड गत हप्ताको शनिबार सुरु भएको हो । यस कार्यक्रमलाइ नायक राजेश हमालले सञ्चालन गरेका छन् ।

गत हप्ता महानायक राजेश हमालले सहभागी १० मध्ये अभिषेक रघुवंशीसँग को बन्छ करोडपति खेलेका थिए । उनले उक्त कार्यक्रमबाट दश हजार जितेर गए ।यो हप्ताबाट एपिवान टेलिभिजनबाट हप्ताको शनिबार, आइतबार र सोमबार ८३० बजे प्रसारण हुनेछ ।

यस कार्यक्रम रबीएन मिडियाको सहप्रायोजन रहेको छ । कार्यक्रममा एसएमएसद्वारा प्रतियोगी छानिने र तीमध्ये १० जना प्रतियोगी फस्टेस्ट फिंगरको लागि चुनिनेछन्। कार्यक्रममा चुनिएका १० जना सहभागी हट सिटको लागि प्रतिष्पर्धा गर्नेछन्। तीमध्ये छिटो उत्तर मिलाउने एक जना हट सिटमा पुग्नेछन्।

प्रतिकृया दिनुहोस्