Hamro Sanchar

प्रेमीसँग बिहे गर्न प्रियाले गरिन् आफ्नै श्रीमानको हत्या

प्रकाशित : २०७५/१०/१८ गते

हरिबहादुर लम्जेल

धनकुटा, माघ १८- तीन महिनाअघि हिलेमा सञ्चालित मिनी मेलामा इटहरी–१५ का रामबाबु चौधरीको हत्यामा संलग्न दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

प्रहरीले पत्रकार सम्मेलन गर्दै मृतक चौधरीको श्रीमती सुनसरीको इटहरी–१५ वस्ने २९ बर्षीय प्रिया चौधरी र उनका प्रेमी भनिएका सुनसरीको बराह क्षेत्र नपा–५ कालाबन्जरका ३१ बर्षीय सबिन राईलाई सार्वजनिक गरेको हो ।

उक्त घटनामा आफ्नै श्रीमतीले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय धनकुटाका एसपी सुरेन्द्रबहादुर गुरुङले बताए । चौधरी र राईवीच प्रेम सम्वन्ध भएपछि घटना भएको ५ महिना अघिदेखि योजना बनाएर चौधरीको हत्या भएको अनुसन्धानमा खुल्न आएको प्रहरीले बताएको छ ।

चौधरीको हत्यापछि विवाह गर्ने सल्लाहमा प्रियाले आफ्नो श्रीमानको हत्या गर्न राईलाई उक्साएको एसपी गुरुङले बताए । चौधरीको दुई र सवारी चालक रहेका राईका एक सन्तान छन् । गत कात्तिक १६ गते हिलेमा सञ्चालित मिनि मेलामा कर्मचारीको रुपमा कार्यरत ३८ बर्षका चौधरीको मेलाभित्र सुत्ने पालामा धारिलो हतियारले घाँटी, छाती र हातको औला समेतमा काटी मेलाभित्रै सकटे छेउमा मृत अवस्थामा फेला परेको थियो । घटनाप्रश्चात अनुसन्धानमा १ नं. प्रदेश प्रहरी कार्यालयको अनुसन्धान टोली (आरआइटी) र जिल्ला प्रहरी कार्यालय धनकुटाको टोली खटेको थियो । अन्नपूर्णमा खबर छ ।

प्रतिकृया दिनुहोस्