Hamro Sanchar

कुवेतमा एक नेपालीको हृदयघातबाट निधन, स्वदेशबाट फर्केको २ महिना नहुँदै सकियो सपना

प्रदिप नेपाली प्रकाशित : २०७५/१०/१८ गते

कुवेत, फेब्रुअरी १- कुवेतमा एक नेपालीको हृदयघातबाट ज्यान गएको छ । कुवेतको यसके (SK)कम्पनीमा सवारी चालकको रुपमा कार्यरत जीवन चौधरीको बिहिबार (हिजो)बिहान निधन भएको हो ।

चितवन रत्ननगर नगरपालिका-८ नरकटिया घर भएका ४७ बर्षिय चौधरीको बिहिबार बिहान करिब ६ बजेतिर कम्पनिको काममा फर्कदै गर्दा बाटोमै मृत्यु भएको बिरेन चौधरीले जानकारी दिएका छन् ।

कुवेतको KPTC कम्पनीमा सवारी चालकको रुपमा ९ बर्ष पहिले कुवेत आएका जीवन चौधरी ३ बर्ष पहिले यसके (SK)कम्पनीमा गएका थिए ।

सामान्य अवस्थामा कम्पनिको काममा हिडेका चौधरी अकस्मात गाडीमै ढलेका थिए । कम्पनिको गेटमा चेकजाँचको क्रममा गाडी रोकिएको समयमा सामान्य अवस्थामा कुराकानी गर्दै बसेका उनि बोल्दाबोल्दै ढलेका सहकर्मीहरुले बताएका छन् ।

प्रेसर र सुगरको बिमारले ग्रसित चौधरीले मध्यपान, धुम्रपान लगायत कुनै चिज सेवन नगर्ने पनि सहकर्मीहरुले बताए ।

वार्षिक छुट्टी सकेर गत डिसेम्बर ६ तारिख मात्र स्वदेशबाट कुवेत फर्केका चौधरीको २ महिना नहुँदै ज्यान छ । छोराछोरीको भविष्य उज्ज्वल बनाइदिने, परिवारलाई सुख र खुसि दिने भन्दै कुवेत आएका चौधरीको सपना कुवेतमै बिलाएको छ भने उनको निधनले परिवारमा संकट उत्पन्न भएको छ । कुवेतको कमाईले सामान्य जीवनयापन गर्दै आएको परिवार उनको मृत्यु पश्चात् समस्यामा परेको आफन्तले बताए ।

घटना बारे दुतावासमा जानकारी गराइसकिएको छ ।

दुतावासले आवश्यक कानुनी प्रक्रिया पुरा गरि क्षतिपूर्ति सहित मृतकको शव छिटोभन्दा छिटो नेपाल फर्काउन पहल गरिने बताएको छ ।

मृतक चौधरीको एक छोरा, एक छोरी र श्रीमती रहेका छन् ।

प्रतिकृया दिनुहोस्