Hamro Sanchar

सुशीला कार्कीले डा. केसीलाई ‘तपाइँको माग पूरा हुन्छ’ भनेर ढाडस दिइन्

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/१०/१६ गते

पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले सरकारसँग अनशनरत् डा. गोविन्द केसीको माग पूरा गर्नुको विकल्प नभएको बताएकी छन् ।

२२ दिनदेखि अनशनरत् डा.केसीलाई भेट्न बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेकी कार्कीले प्रधानमन्त्री केपी शर्मा ओलीले नै सम्झौता गरेकाले माग पूरा गर्नुको विकल्प नभएको बताइन् ।डा. केसीका माग सम्बोधन भए कसैको हार नभइ राष्ट्रको जित हुने उनको तर्क थियो ।

कार्कीले डा. केसीलाई ‘निश्चिन्त रहनोस्, तपाइँको माग पूरा हुन्छ । भावी सन्ततिका लागि पनि माग जायज छ’ भनेर आश्वस्त तुल्याएकी थिइन् ।

अनशनमै राखेर यसरी कुनै व्यक्तिलाई मारिन्छ भन्ने आफूलाई नलागेको भन्दै कार्कीले डा. केसीको मागलाई इन्कार गरिए तीन करोड नेपालीको भावनामा ठूलो प्रहार हुने बताइन् ।

उनले डा. केसीलाई ‘तपाइँको माग पूरा हुन्छ’ भनेर ढाडससमेत दिएकी थिइन् ।डा. केसीलाई समाजका प्रतिष्ठित व्यक्तिहरुले भेटेर उनको अनशनमा ऐक्यबद्धता जनाइरहेका छन् ।

मंगलबारमात्रै अर्का पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले डा. केसीलाई भेटेर अनशनमा समर्थन जनाएका थिए ।

प्रतिकृया दिनुहोस्