Hamro Sanchar

~~~गजल~~~

प्रकाशित : २०७५/१०/१२ गते

गगनमानै हास्ने तारा खस्छन कसरी
आँसु खस्ने झुटा कुरा लेख्छन कसरी !!

उखुका रस झै चुसेर विश्वास घातिले
आफै बस्ने मुटुमा छुरा रोप्छन कसरी !!

हृदय भित्र बलेको थियो आशाको दिप
दुश्मननै बनी डस्ने जरा कस्छन कसरी!!

मन भन्दा ठुलो त धन देखेर कलियुगमा
कुल घराना नास्ने सारा खोस्छन कसरी!!

क्षणिक मनोरञ्जनको लागि भ्रष्ट छ बुद्धि
इज्जत र प्रदा मास्ने बरा बस्छन कसरी!!

“अन्जानयात्री” विश्वप्रकाश

प्रतिकृया दिनुहोस्