Hamro Sanchar

मानो र पाथी (गजल)

प्रकाशित : २०७५/१०/२ गते

हेप्छ मान्छेले मान्छेको जात सानो सम्झेर !
अरुलाई पाथि र दलितलाई मानो सम्झेर !!

पीडा बुझेर पनि प्रहार गरिरहन्छ मान्छेहरु !
धारिलो वचन यो मुटुलाई अचानो सम्झेर !!

यसै त पिडित छ आँखा बर्षात भएर झनै !
थप्दै छन पीडा यी नयन ओभानो सम्झेर !!

हो एकदिन ज्वाला मुखि अबस्य फुट्ने छ !
अन्याय गरि रहे पिडितलाई कानो सम्झेर !!

हेप्छ मान्छेले मान्छेको जात सानो सम्झेर !
अरुलाई पाथि र दलितलाई मानो सम्झेर !!

-बिना खाति

प्रतिकृया दिनुहोस्