Hamro Sanchar

नेपाल कुवेत सरोकार समाजले “नयाँ बर्ष २०७६”मा अतिथि कलाकार ल्याएर सांगीतिक कार्यक्रम गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/३० गते

कुवेत, जनवरी १४- नेपाल कुवेत सरोकार समाजले नेपाली “नयाँ बर्ष २०७६” को अवसर पारेर सांगीतिक कार्यक्रम गर्ने भएको छ । बिगतका बर्षहरुमा झैँ समाजले नेपालबाट अतिथि कलाकार ल्याएर कार्यक्रम गर्ने निर्णय भएको समाजका उपाध्यक्ष राम बहादुर तामाङले जानकारी दिएका छन् ।

कार्यक्रमको मिति तय भैनसकेकोले आउँदो फेब्रुअरी ८ तारिखमा बैठक बसेर सबै टुंगो लगाइने पनि तामाङले बताए । यद्यपी कार्यक्रम नयाँ बर्ष २०७६ बैशाख पहिलो हप्ताको शुक्रबार वा त्यो भन्दा अगाडी हुने बताइएको छ ।

अन्य संघसंस्थाको कार्यक्रम नपरोस् भनेर पहिले नै सार्वजनिक गर्नु परेको समाजले जनाएको छ । साथै नयाँ बर्षको अवसरमा कुवेतमा कुनैपनि कार्यक्रम नराखी सहयोग गरिदिनु हुन समाजले कुवेतमा क्रियाशील सम्पूर्ण संघसंस्थालाई अनुरोध गरेको छ ।

कलाकार कुन ल्याउने भन्ने बिषयमा पनि ८ तारिख छलफल हुने उपाध्यक्ष तामाङले बताए । कार्यक्रममा अतिथि कलाकारका साथमा स्थानीय कलाकारहरुको दमदार प्रस्तुती रहने छ। उक्त दिन बिशेष शुभकामना आदानप्रदान गर्दै नेपाली “नयाँ बर्ष २०७६” भव्य रुपमा मनाइने समाजले जनाएको छ ।

प्रतिकृया दिनुहोस्