Hamro Sanchar

क्षतिपूर्तिको माग गर्दै दिनभर सडक अवरुद्ध ।

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/३० गते

 

आशिक नेपाल,सम्सी ।
पौष ३० गते ।

आईतवार  विहान  टिफरले एक स्थानिय वालकलाई ठक्कर दिदा वालकको मृत्यु भएको विरुद्धमा स्थानियहरुले देखि गौशाला सम्सी सडकखण्डअन्र्तगत सम्सी गाँउपालिका २ स्थित पर्सादेवाडमा सडक अवरुद्ध जारी राखेका छन ।

एकाविहानै गौशालाबाट सम्सीतर्फ गईरहेको गिट्टी लोड भएका ना ७ ख ६४२७ नम्बरको टिफरले ठक्कर दिदा सम्सी गाँउपालिका २ का ९ बर्षिय शेख सदावको मृत्यु भएपछि मृतकका परिवारजन सहित स्थानियहरुले क्षतिपुर्तिको माग गर्दै सडक अवरुद्ध पारेका हुन ।

तत्कालै क्षतिपुर्ति पाउनुपर्ने मागमा अडिग भएपछि वाटो खोलाउन असमर्थ रहेको घटनास्थबाट ईलाका प्रहरी कार्यालय गौशालाका प्रहरी निरीक्षक किशोर अचार्यले बताएका छन । वाटो खोलाउनको लागि आफुहरुले गरिएको हरप्रयास असफल भएपछि दिनभरि नै बाटो अवरुद्ध रहेको प्रहरी निरीक्षक अचार्यले जानकारी दिए ।

आईतबार विहान ना ७ ख ६४२७ नम्बरको टिप्परको ठक्करबाट वालक शेख सदावको घटनास्थलमै ज्यान गएको थियो । यता ठक्कर दिने टिप्पर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । बालकको शवलाई पोष्टमार्टमको लागि जलेश्वर पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्