Hamro Sanchar

महोत्तरीको सम्सी गाउँपालिकामा टिपरले किचेर बालकको मृत्यु।

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/३० गते

आशिक नेपाल,सम्सी। महोत्तरी जिल्लाको सम्सी गाउँपालिका २ परसा देवाडमा टिपरले किचेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सम्सी गाउँपालिका– २ बस्ने शेख फैयाजको छोरा रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक ईश्वर कार्कीले बताउनुभयो ।

घर अगाडि खेलिरहेको बालक लाई टिपरले किच्दा आज बिहान उनको मृत्यु भएको प्रहरी उपरीक्षक कार्कीले बताउनुभयो । मृतक बालकको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वरमा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्