Hamro Sanchar

वाइडबडी प्रकरणमा देउवामाथि छानविन गर्न नेकपा सांसदको माग

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/२९ गते

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले वाइडबडी विमान खरिद प्रकरणमा तानिएका सबैलाई छानवीनको दायरामा ल्याउन सरकारसँग माग गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँगे्रेसका सभापति एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवापनि सो प्रकरणमा मुछिएको टिप्पणी सत्तारुढ दलकै सांसदहरुले गर्न थालेपछि सत्तारुढ नेकपाका नेता भट्टराईले सो प्रकरणमा तानिएका जोकोहीलाई पनि छानवीनको दायरामा ल्याउन सरकारसँग माग गर्नु भएको हो । उहाँले सो प्रकरणबारे यथार्थ छानवीन गर्न पूर्वाग्रह राखिरहन नपर्ने पनि स्पष्ट पार्नु भयो । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारी छानवीनको क्रममा दोषी देखिए कार्वाही हुने नेता भट्टराईको भनाई छ ।

वाईडबडी विमान खरिद प्रकरणमा ४ अरव ३५ करोड भ्रष्टाचार भएको र त्यसमा संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री अधिकारीको पनि संलग्नता रहेको उल्लेख गर्दै संघीय संसदको सार्वजनिक लेखा समितिले कार्वाहीका लागि सरकारलाई निर्देशन दिएको थियो । नेता भट्टराईले सोही विषयमा यथार्थ छानवीन गर्न प्रमुख प्रतिपक्ष दलका नेता देउवाको आग्रहमा सरकारले छानवीन आयोगनै गठन गरेको पनि स्पष्ट पार्नु भयो ।

आईतबार संघीय संसद भवन परिसरमा संचारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले नेपालमा अन्तराष्ट्रिय लगानी आउन नदिने षडयन्त्र अन्तरगत वाइडबडी विमान खरिद प्रकरणलाई उचालेको हुन सक्ने आशंका गर्दै सचेत रहन पनि सम्बन्धित पक्षलाई आग्रह गर्नु भयो । नेता भट्टराईले वाईडबडी विमान खरिद प्रकरणको विषयलाई लिएर आफ्नो पार्टीले कसैप्रति पूर्वाग्रह नराख्ने पनि बताउनु भयो ।

त्यसैगरी सांसद यज्ञराज सुनुवारले पनि वाईड वडी प्रकरणमा तात्कालिन प्रधानमन्त्री शेर बहादुर देउवाको नाम पनि जोडिएर आएको भन्दै सत्य तथ्य सदनलाई जानकारी गराउन माग गर्नुभयो ।

प्रतिकृया दिनुहोस्