Hamro Sanchar

कुवेतमा रक्सि फ्याक्ट्री खोलेर धन्दा चलाउने ४ नेपाली पक्राउ

प्रकाशित : २०७५/९/२९ गते

कुवेत, जनवरी १३- कुवेतको जाबेर अल-अहमद एरिमाया फैक्ट्री खोलेर रक्सि बनाउने ४ जना नेपालीहरुलाई स्थानिय पुलिसले गिरफ्तार गरेको एमनमातले जनाएको छ । पुलिसले अत्याधिक मात्रााम  मदिरा बनाउने पदार्थ साथै तयारी अवस्थामा रहेको रक्सि सहित गिरफ्तार गरेको हो ।

पक्राउ परेकाहरुको परिचय भने खुलाइएको छैन ।

पछिल्लो समय कुवेतमा गैरकानूनी कार्यमा संलग्न नेपालीहरु संख्या धेरै छ । जस्ले गर्दा नेपालीहरुको साख खस्किदो अबस्थामा छ । यस्तै गतिबीधीले गर्दा नेपालीले भिषा रिन्यू गर्दा अनिवार्य फिगंरको व्यवस्था कुवेत सरकार लागु गरेको छ ।

हाल कुवेतमा ५८ जना नेपालीहरु जेल जीवन बिताइरहेका छन। जसमा सबैभन्दा बढी ५० जना लागू औषध सम्बन्धि छन भने २ जना हत्याको आरोप र अन्य विभिन्न आरोपमा ६ जना रहेका छन।

प्रतिकृया दिनुहोस्