Hamro Sanchar

सुदूरपश्चिम सेवा समाज यूएईको अध्यक्षमा भण्डारी

मान बहादुर के.सी. 'मुस्कान' प्रकाशित : २०७५/९/२९ गते
यूएई

सुदूरपश्चिम सेवा समाज यूएईको अधिबेशन भव्यताका साथ सम्पन्न भएको छ ।
‘हाम्रो परम्परा हाम्रो सांस्कृति हाम्रो पहिचान, सहयोगार्थका लागि चेतना जगाउने अभियान’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै यूएईमा कार्यरत सुदूरपश्चिमवासी नेपालीहरुलाई एकसूत्रमा बाँध्दै देशमा हुने प्राकृति प्रकोप, दैवी प्रकोप जस्ता विपत्तिहरुमा तथा गरीब असहायहरुलाई सकिदो सहयोग गर्नका लागि र बैदेशिक रोजगारीको शिलशिलामा यूएईमा कार्यरत नेपालीहरुको हितका लागि संगठित रुपले अघाडि बढ्ने उदेश्यले २ जनवरी २०१५ मा स्थापना भएको सुदूर पश्चिम सेवा समाज युएईले आगामी कार्यकालका लागि सन्ध्या भण्डारी बोगटीको अध्यक्षतामा १४ सदस्यिय कार्यसमिती चयन गरेको छ ।
यूएईको दुबई स्थित स्थित एभरेस्ट होटेलमा ११ जनवरी २०१९ शुक्रबार दिन संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशीको अध्यक्षतामा तथा सुदूरपश्चिमेली नेपाली समाज (FNS) का बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिका संचालक लोकेन्द्र बहादुर बमको प्रमुख आतिथ्यतामा अघाडी बढेको सो कार्यक्रममा बिशेष अतिथिमा बिश्व कृतिमानी यात्राको दौरानमा रहनु भएका अदभुत एबं बिलक्षण बहुमुखी प्रतिभाका धनी मनोज चन्द, सुदूरपश्चिमेली नेपाली समाज (FNS) का मध्यपूर्व संयोजक धर्मराज पाण्डेय रहनु भएको थियो, भने अन्य अतिथिहरुमा सुदूर पश्चिम सेवा समाज यूएईका संस्थापक केन्द्रिय सदस्य भरत चन्द, दिनेश बिष्ट, चक्र कठायत, सुदूरपश्चिमेली नेपाली समाज (FNS) कि महिला उपाध्यक्ष शारदा शाह, सुदूरपश्चिमेली नेपाली समाज (FNS) का सदस्य सि.एन ठकुरी, हिमालय रेमिट्सका प्रमुख बिर बहादुर चन्द, दुबई क्षेत्रीय समितीका अध्यक्ष कृष्णनन्द जोशी, अलएन क्षेत्रीय समितिका अध्यक्ष नबराज भट्ट, सारजाह-आजमान क्षेत्रीय समितीका उपाध्यक्ष देबलाल जोशी, अबुधाबी क्षेत्रीय समितीका सचिब बिक्रम बहादुर सिंह रहनु भएको थियो ।
बुद्धिजिबी, समाजसेवी, ब्यबसायी, पत्रकार, कलाकार, खेलाडी, साहित्यकारहरुको बाक्लो उपस्थिती रहेको सो कार्यक्रममा संस्थाका उपाध्यक्ष देब कुँवरले उपस्थित अतिथि तथा दर्शकहरुलाई छोटो मिठो स्वागत मन्तब्य राखेका थिए, भने संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले संस्थाको प्रतिबेदन पेश गर्दै सुदूर पश्चिम सेवा समाज यूएईले दुई बर्षमा गरेका सम्पूर्ण कार्यको बिबरण छर्लङ पार्दै यूएईमा रहेका सबै सुदूरपश्चिमबासीहरुलाई समाजमा जुड्नु अनुरोध गर्नु भएको थियो, त्यस्तै संस्थाका सह-कोषाध्यक्ष मोहन ठकुराठीले समाजको कोषको आय-ब्यय बिबरण छर्लङ पारेका थिए ।
कार्यक्रमका प्रमुख अतिथि लोकेन्द्र बहादुर बमले आफ्नो शुभकामना मन्तब्य राख्दै सुदूर पश्चिम सेवा समाज यूएईले गरेका उल्लेखनिय कार्यको खुलेरै प्रशंसा गर्दै आगामी दिनहरुमा पनि यसरी सहयोग गर्दै गरोस् समाजमा यस्तै मिलोमतो कायम रहोस् र समाजले गर्ने हरेक सेवामुलुक काममा आफुले सधैं सहयोग गर्ने बिचार ब्यक्त गर्नु भएको थियो ।
शुभकामना मन्तब्य राख्ने अन्य बक्ताहरुमा संस्थाका निबर्तमान अध्यक्ष जयराज जोशी, बिश्व कृतिमानी यात्राको दौरानमा रहनु भएका अदभुत एबं बिलक्षण बहुमुखी प्रतिभाका धनी मनोज चन्द, सुदूरपश्चिमेली नेपाली समाज (FNS) का मध्यपूर्व संयोजक तथा अधिबेशन समितीका संयोजक धर्मराज पाण्डेय, संस्थाका सल्लाहाकार तथा अधिबेशन समितीका सदस्य लक्ष्मण अधिकारी, मनोज साउद, घनश्याम महरा, आ-आफ्नो बिचार राखेका थिए ।


नव-निर्बाचित अध्यक्ष सन्ध्या भण्डारी बोगटीले आफुले जिम्बेबारी पाएकोमा खुशी ब्यक्त गर्दै आउदा दिनहरुमा युएईमा रहेका सम्पूर्ण सुदूर-पश्चिम वासीहरुलाई एकजुट गराएर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नु भएको थियो ।

बिबिध कारणले गर्दा पूर्ण हुन नसकेको नव-निवार्चित कार्यसमितीमा निम्न बमोजिम पदाधिकारी रहेका छन् ।
१) अध्यक्ष – श्रीमती टिकेश्वरी भण्डारी बोगटी
२) वरिष्ठ उपाध्यक्ष – श्री धन बहादुर खड्का
३) प्रथम उपाध्यक्ष – श्री भिम बहादुर सिंह
४) द्वितीय उपाध्यक्ष – श्री कासी सिंह बिष्ट
५) महिला उपाध्यक्ष – श्रीमती सुधा चौधरी
६) महासचिव – श्री दान सिंह महरा
७) सचिब – श्री मनोज भट्ट ‘सानुकाजी’
८) सह-सचिब – श्री देबिन्द्र बिष्ट
९) कोषाध्यक्ष – श्री मोहन ठकुराठी
१०) सह-कोषाध्यक्ष – श्रीमती सिर्जना मल्ल
११) सांस्कृति संयोजक – श्री सुरज शाह
१२) सांस्कृति उप-संयोजक – श्री रविन कठायत
१३) सदस्य – श्री शिवराज तिमिल्सिना
१४) सदस्य – श्री मनोज साउद

सोहि कार्यक्रममा बिश्व यात्राका दौरानमा केहि सहयोग होस् भनि उपस्थित सहयोगी मनहरुले आफुले सक्दो सहयोग गरेर जम्मा गरेको चन्दलाई नेपाली रु १५,३०० ( पन्ध्र हजार तीन सय रुपैया ) आर्थिक सहयोग हस्तान्त्रण गरिएको थियो, त्यस्तै चुरे गाउँपालिका वडा नम्वर-२ का शेरवहादुर नेपालीको परिवारलाई घर बनाई दिने घोषणा गरेका समाजसेवी मनोज साउदको अभियानलाई सहयोग होस् भनि नेपाली रु १५,३०० ( पन्ध्र हजार तीन सय रुपैया ) आर्थिक सहयोग हस्तान्त्रण गरिएको थियो, साथै मनोज साउदको अभियानमा सहयोग होस् भनेर सुदूरपश्चिमेली नेपाली समाज (FNS) का बरिष्ठ उपाध्यक्ष एबं सन एन्ड मुन ट्राभल्स एन्ड टुर्स एलएलसिका संचालक लोकेन्द्र बहादुर बमले नेपाली रु २५,००० ( पच्चिस हजार ) सहयोग गर्ने घोषणा गरेका थिए ।
सुदूरपश्चिम बासीहरुको बाक्लो उपस्थिती रहेको उक्त कार्यक्रमको संचालन संस्थाका महासचिब मान बहादुर के.सी. ‘मुस्कान’ले गरेका थिए ।

प्रतिकृया दिनुहोस्