Hamro Sanchar

“नेपाल-कुवेत श्रमसम्झौता गर्न नसकेकोमा दुखी छु, कार्यकाल पूर्ण रुपमा सफल भयो”- राजदुत हमाल

प्रकाशित : २०७५/९/२९ गते

१२ जनवरी, कुवेत। कुवेतका लागि नेपाली राजदूत यज्ञबहादुर हमालले आफ्नो कार्यकाल पूर्ण रुपमा सफल भएको बताएका छन् । नेपाली दूतावास कुवेतद्वारा आयोजित श्रमिकहरुको हकहित प्रवर्द्धन एवं समस्या समाधान अन्तरक्रिया कार्यक्रममा राजदुत हमालले सो कुरा बताएका हुन् ।

कार्यक्रममा उपस्थित जनमानसले उठाएका प्रश्न र जनगुनासाहरुको जवाफ दिँदै राजदूत हमालले आफ्नो कार्यकालभित्र कुवेतको नेपाली समाजमा परिवर्तन भएको बताए । त्यत्तिमात्रै नभइ कुटनैतिक क्षेत्रमा समेत धेरै काम भएको बताएका छन। राजदुत हमालले नेपाल-कुवेत श्रम सम्झौता गर्ने प्रयासमा अनवरत लागि परेको तर विभिन्न कारणले सम्भव नभएता पनि भविष्यमा त्यसको लागि सहज भएको भन्दै कुवेत फन्डबाट नेपालमा कृषि क्षेत्रको लागि ऋण अनुदानको समेत ब्यबस्था मिलि सकेको तर देशका माथिल्लो निकायबाट कुवेत फन्डबाट भन्दा सहज ऋण व्यवस्था अन्यत्रबाट पाउन सक्ने सल्लाह अनुसार त्यसको प्रक्रिया अघि नबढेको बताए। तर अझै नेपालले ऋण चाहेको खन्डमा ढोका खुल्लै रहेको जानकारी गराए।

उनले आफ्नो कार्यकालमा कुवेतमा कार्यरत ३४० जना नेपालिहरुको निधनपछी उनिहरुको परिवारलाई क्षेतिपुर्ती स्वरुप झन्डै २० करोड भन्दा बढी उपलब्ध गराएको बताए ।

मन्तव्यकै क्रममा राजदुत हमालले कुवेतको लागि आफ्नो कार्यकाल सकिएको र निकट भविष्यमा नै कुवेतबाट जन्मभुमी नेपाल प्रस्थान गर्ने बताएका छन् । आफ्नो कार्यकाल सकिएको र नया राजदूतको पनि नियुक्त भैसकेको तर संसदिय बैठकको निर्णय नभई सकेकोले राजदूत विहिन दूतावास नराख्ने नेपाल सरकारको नितिलाइ आत्मासाथ गर्दै केही दिनको लागि कुवेत बसाइ लम्बिएको उनले बताए ।

कार्यक्रममा कुवेती कानून व्यवसायी (वकिल)ले पनि कुवेतमा कार्यरत कामदार सम्बन्धी जन्नै पर्ने कानूनी पक्षहरु आफ्नो मन्तव्यद्वारा प्रस्तुत गरेका थिए। सधैंको भन्दा अलि बाक्लो उपस्थितिमा सम्पन्न सो कार्यक्रममा थुप्रै जनगुनासोहरु, प्रश्न उत्तर र केही जानकारिहरु उठान भएका थिए। दूतावासका टेलीफोन नउठ्ने देखि पाँच बर्षसम्म पनि कुवेतमा मृत्यु भएका नेपाली कामदारको कुवेत सरकार र स्पोन्सरबाट पाउनुपर्ने सेवा सुविधा नपाएका जनगुनासोहरु मात्रै होइनन, श्रम मन्त्रालयमा श्रम गर्न जाँदा झेल्नु परेको असहजता र नेपाली दूतावासको भुमिका सम्बन्धी समेत उपस्थित जनमानसले प्रश्न र जनगुनासाहरु उठाएका थिए।

उपस्थितिबाट आएका श्रम सम्बन्धिका प्रश्नलाइ दूतावासका श्रम सहचारी ज्ञानेन्द्र शर्माले समाधान सहितको जवाफले सम्बोधन गरेका थिए भने अन्य विविध विसयमा द्वितीय सचिव ज्ञानबहादुर मगरले उठान भएका सवालहरुको जवाफ दिएका थिए।

सोही कार्यक्रममा NRNA/NCC कि अध्यक्ष सुमित्र देवि पौडेलले मन्तव्यको क्रममा कुवेतमा बिना प्रमाणका फेसबुकको आधारमा पत्रकारिता भैरहेको टिप्पणी गरेकी छिन। उनले कुवेतमा हुने पत्रकारहरुलाइ स्पष्ट प्रमाण भएका समाचारहरु मात्र सम्प्रेषण गरेर सामाजिक सद्भावलाई अझ मजबुत बनाउन सुझाव दिएकी छिन।

अन्तरक्रिया कार्यक्रम नेपाली दूतावास कुवेतको सभा हलमा राजदूत यज्ञबहादुर हमालको सभापतित्वमा सम्पन्न भएको हो।

सामान्यतया कुवेतमा हुने विभिन्न खाले कार्यक्रम तोकिएको समय भन्दा निक्कै अवेर हुने गर्दछ। तर शुक्रबार नेपाली दूतावासद्वारा आयोजित कार्यक्रम तोकिएकै समयमा सुरु भएकोमा उपस्थित सबैले खुसी व्यक्त गरेका छन। कार्यक्रममा दूतावास कुवेतका द्वितिय सचिव ज्ञानबहादुर मगरले कुवेतमा कार्यरत नेपालिहरुले जान्नै पर्ने कुराहरु र कुवेतको कानून सम्बन्धी प्रेजेन्टेशनद्वारा छोटकरिमा जानकारी गराएका थिए।

कार्यक्रममा नेपाली कामदार भएका थुप्रै कम्पनिका प्रतिनिधि, कानून व्यवसायी, संघ संस्थाका प्रतिनिधिहरु तथा थुप्रै कुवेतमा श्रम गरिरहेका नेपालिहरु उपस्थित भएका थिए। नेपाली दूतावास कुवेतका तृतीय सचिव मनोज सिंहले सञ्चालन गरेका थिए।

प्रतिकृया दिनुहोस्