Hamro Sanchar

कुवेतमा गाडीको ठक्करबाट नेपाली महिला सख्त घाइते, अवस्था गम्भीर

प्रकाशित : २०७५/९/२९ गते

दिलकुमार पाख्रीन

१२ जनवरी, कुवेत। कुवेतमा सवारी दुर्घटना परि एक नेपाली महिला शख्त घाइते भएकी छन् । अल कुवेत कम्पनिमा कार्यरत सिन्धुपाल्चोक मेलम्ची-६ कि अस्मिता गुरुङ शुक्रबार बजारबाट सब्जी किनेर फर्कँदै गर्दा बाटो काट्ने क्रममा बिपरित दिशाबाट आउंँदै गरेको सवारी साधानको ठक्करबाट सख्त घाइते भएकी हुन् ।

साँझ करिब ५ बजेको समयमा फिन्तास स्थित आफ्नो कोठा नजिकैको बजारबाट तरकारी किनेर फर्कने क्रममा उक्त घट्ना भएको उनका साथीले जानकारी गराएकी छिन। संगै हिंडीरहेकी अर्कि एक जना कुमारी तामाङ भने साधारण उपचारपछी कोठा फर्किएकी छिन।

अस्मिता गुरुङलाइ घटनापछि तुरुन्तै एम्बुलेन्सबाट आदान हस्पिटल लगिएको थियो। अहिले उनको स्थिती निकै गम्भीर छ। एकपटिको आँखा खुलेको छैन। अगाडिको दाँत र अनुहार पुर्ण रुपमा चोट पुगेको छ भने घाँटिमा समेत निक्कै चोट परेको कारण घाँटी चलाउन सक्ने स्थितिमा छैनन।

३५ बर्षिया गुरुङ एक बर्ष पहिले कुवेत आएकी हुन। उनको भिसा समेत सकिएर नयाँ भिसा लगाउन कुवेतको नया कानूनअनुसार केही दिन अघि मात्रै फिङ्गर प्रीन्ट गरेको जानकारी छ। यो घटना सम्बन्धी कम्पनिले कुनै चासो नदेखाएको बुझिएको छ।

अस्मिता आदान हस्पिटलको १० नं वार्ड्को बेड ११ मा उपचाररत छिन। RD Creation बाट

प्रतिकृया दिनुहोस्