Hamro Sanchar

भारतमा कार्यरत एक नेपालीको बाथरुममा चिप्लिएर लड्दा ज्यान गयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/२८ गते

भारतको हरियाणामा एक नेपालीको मृत्यु भएको छ। शुक्रबार राति भारतको हरियाणा राज्यको गुड्गाव शुख्रालीको भारत पिजिमा कार्यरत अर्घाखाँचीको सितगंगा नगरपालिका ३ थाम्कोटका ५२ वर्षीय ऋषि भट्टराईको आफैँ कार्यरत कम्पनीको बाथरुममा चिप्लिएर लड्दा ज्यान गएको हरियाणा प्रहरीले पुष्टी गरेको त्याहाँ कार्यरत नेपालीहरुले जनाएका छन्।

घटना कम्पनीभित्रै भएको भन्दै त्याहाँ रहेका नेपाली संघ संस्थाहरु लगाएत त्यहाँ रहेका समाजसेवी भेषराज पौडेल, झबिलाल अधिकारी, तारा भट्टराई र भेषराज बेल्बासे मृतकका परिवारलाई कम्पनीले क्षतिपूर्ती दिनुपर्ने माग राखेका छन्।

अहिले मृतकको शवलाई पोष्टमार्टमका लागि नजिकैको एक अस्पतालमा लगिएको नेपालीहरुले जनाएका छन्।

प्रतिकृया दिनुहोस्