Hamro Sanchar

कुवेतमा अतिथि कलाकारका साथमा “दर्शन सांगीतिक धमाका २०१९” हुने

प्रकाशित : २०७५/९/२८ गते

राज मल्ल 

कुवेत, जनवरी १२- दर्शन ठकुरि समाज कुवेतको रमजानको छुट्टिको अवसर पारेन बृहत् सागितिक धमाकाको आयोजना गर्ने भएको छ । नेपालका चर्चित अन्तर्राष्ट्रिय ख्याती प्राप्त कलाकारहरुको साथमा आयोजना गरिने उक्त कार्यक्रमको आन्तरिक गृहकार्यमा जुटेको समाजले जनाएको छ ।

हिजो समाजको हवाली स्थित अध्यक्ष निवासमा बसेको कार्यसमितिको बृहत् बैठकले उक्त निर्णय पारित गर्दै जुन ७ तारिक शुक्रवार २०१९ का दिन सागीतिक धमाका आयोजना गर्ने कार्य तय गरेको हो । भने कल र कलाकार वारे छिट्टै जानकारी दिने जनाएको छ

साथै समाजले हीजो परेको रास्ट्रपिता पृथ्वीनारायण शाहको २९७ औं जन्मजयन्ति तथा राष्ट्रिय एकता दिवसका अवसरमा उहाको स्मरण गर्दै दिप प्रज्लवन तथा मुलामाला अर्पण गरिएको थियो ।

प्रतिकृया दिनुहोस्