Hamro Sanchar

नेपाल कुवेत सरोकार समाजले फेब्रुअरी १५ मा अधिबेशन गर्ने

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/९/२८ गते

कुवेत, जनवरी १२- नेपाल कुवेत सरोकार समाज आउँदो फेब्रुअरी १५ मा अधिबेशन गर्ने भएको छ । समाजको शुक्रबार बसेको बैठकले उक्त निर्णय गरेको हो ।

फेब्रुअरी १५ तारिख शुक्रबार जिलिप स्थित पपिन्स हलमा अधिबेशन गर्ने भएको समाजका उपाध्यक्ष राम बहादुर तामांगले जानकारी दिएका छन् ।

उक्त दिन कुनैपनि कार्यक्रम नजुधाईदिन कुवेतमा क्रियाशील संघसंस्थालाई सरोकार समाजले अनुरोध गरेको छ ।

समाजले कुवेतमा कृयाशिल नेपाली संघसस्था, बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार, खेलाडी तथा कुवेतवासीलाई उपस्थिति जनाई कार्यक्रम सफल बनाइदिनु हुन पनि समाजले भनेको छ ।

कार्यक्रमको विवरण:

मिति: १५ फेब्रुअरी २०१९ शुक्रबार

समय: ११ बजेदेखि
स्थान : पपिन्स हल जिलिब

प्रतिकृया दिनुहोस्