Hamro Sanchar

तमु प्ये ल्हु संघ कुवेतले “तमु फो ल्हो-ल्होसार” भब्य रुपमा मनायो (फोटोफिचर)

प्रकाशित : २०७५/९/२८ गते

सुरेश गुरुङ 

कुवेत, जनवरी १२ । कुवेतको फर्वानियास्थित आइडियल अडिटोरियम हलमा जातिय संस्था तमु प्येल्हु संघ कुवेतले बिशेष शुभकामना आदानप्रदान तथा बिविध मनाेरन्जनात्मक सांस्कृतिक कार्यक्रम सहित तमु ल्होसार सम्पन्न गरेको छ।

अध्यक्ष उमा तमुस्योको सभापतित्वमा सम्पन्न कार्यक्रमका संस्थाका सल्लाहकार नरजित तमु प्रमुख आथिती रहेका थिए भने आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, नेपाल पत्रकार महासँघ कुवेतका प्रतिनिधि जय बहादुर आले मगर रहेका थिए । यसैगरी कुवेतमा क्रियाशील विभिन्न संघसंस्थाका प्रतिनिधि, समाजसेवी, पत्रकार, कलाकार लगायत उल्लेख्य संख्यामा कुवेतबासि नेपालीहरुको उपस्थिती रहेको थियो ।

सभापति, प्रमुख अतिथी र विशेष अथितीहरुले संयुक्त द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरेका थिए । नेपाली राष्ट्रिय गीत र तमु राष्ट्रिय गित द्वारा राष्ट्रिय स्वाभिमान पस्चात कार्यक्रमलाई मुर्त रुप दिईएको थियो । कार्यक्रममा संस्थाका सल्लाहकार लिल तमुले मन्तव्यद्वारा उपस्थितलाई स्वागत गरेका थिए । संघका सल्लाहकार डम्बर तमु, लील तमु,र अमन तमुले संयुक्तरुपमा कार्यक्रम सञ्चालन गरेका थिए ।

संस्थाका सल्लाहकार छ्योमान तमु र लिल तमुले ल्होसार बारे प्रष्ट पारेका थिए।

गैरआवसीय नेपाली संघ कुवेतका महासचिब हरी लवाती, आदिवासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तामांग, तमु समाज कुवेतका अध्यक्ष राजु गुरुङ, नेपाल तामाङ घेदुङ कुवेतका अध्यक्ष सुरेश ग्यबा तामाङ, किरात राई यायोक्खा, शखा कुवेतका अध्यक्ष मन्जित राई, किरात याक्थुङ चुम्लुङ कुवेतका अध्यक्ष बल बहादुर काम्बाङ, पत्रकारहरुको प्रतिनिधित्व गदै जय बहादुर आले मगर, लगायतले ल्होसारको शुभकामना मन्तव्य दिएका थिए ।

तमु समुदायको संस्कार अनुसार पच्यु गुरुबाट ईन्द्र पच्यु तमु, कुल तमु र देव तमुले पूजापाठ मन्त्र पढी संयुक्त रुपमा रुपा-रिपा मन्तार्दै खि ल्हाे’ कुकुर बर्गको बिदाई गरी ‘फो ल्हो’ मृग वर्गको स्वागत गरी आफ्नो बिधी अनुसार क्रमश ब्यक्तिहरुलाई रिपा लगाई आउने दिनको शुख शान्तिको कामना गरेका थिए ।

तमू ल्होसार विशेष कार्यक्रमको आकर्षक पक्ष सांस्कृतिक कार्यक्रम रहेको थियो। कार्यक्रमलाई अतिनै भब्य सब्य बनाउन को लागि सचिन तमु, अमन तमु, सिमा तमुसयो, माया तमुस्यो, सिता तमुस्यो, लगायत तमु कलाकारहरुले आफ्नो गुरुङ पहिचान र मौलिकता झल्काउने खालका नृत्य झाउरे, सालैज्यु, कौडा, सोरठी, युगल तथा सामुहिक नृत्य गरी कार्यक्रमलाई थप मनोरञ्जनात्मक बनाएका थिए । त्यस्तैगरी कार्यक्रम लाई थप मनोरञ्जनात्मक बनाउन तमु समाज कुवेतका कलाकारहरुको प्रस्तुती रहेको थियो ।

प्ये म्ह्स्याँ छ्या म्ह्मु, छ्या म्ह्स्याँ ल्हु म्ह्मु, ल्हु म्ह्स्याँ म्हि म्ह्मु अर्थात शास्त्र हराए संस्कार हराउँछ, संस्कार हराए संस्कृति र परम्परा हराउँछ, संस्कृति र परम्परा हराए मान्छेको पहिचान र अस्तित्व नै हराउँछ” भन्ने मुल नाराका साथ स्थापित संघले तमु (गुरुङ) जातीको भाषा, भेषभुषा, कला, सस्कृति र पहिचानको जगेर्ना गर्दै स्थापना देखी नै तमू ल्होसारलाई निरन्तरता दिएको छ।

कार्यक्रमलाई भब्य सफल पार्न बहराइन एक्स्चेन्ज कम्पनी (BEC) ले सहयोग गरेको थियो । BEC लाई मायाको चिनो र सम्मानपत्रबाट विशेष सम्मान गरिएको थियो। भने झरना तमुस्योलाई पनि दोसला ओढाई विशेष सम्मान गरिएको थियो।

अन्तमा कार्यक्रमको समापन गर्दै अध्यक्ष उमा तमुस्योले कार्यक्रमलाई सफलताका साथ सम्पन्न गर्न अहोरात्र खटनु भएका संस्थाका पदाधिकारी तथा सदस्यहरु लगायत शुभचिन्तक सहयोगिहरु सबै प्रति आभार ब्यक्त गर्दै उपस्थित हुनुहुने नेपाली सँघ-संस्था, समाजसेवी, बुद्दिजिबी तथा भद्र-भलादमी, पत्रकार, खेलाडी तथा कलाकारहरु सम्पूर्ण कुवेतवासी नेपाली दर्शकहरुलाई सबैलाई बिशेष धन्यवाद दिएकी थिइन् ।

प्रतिकृया दिनुहोस्