Hamro Sanchar

लमजुङमा साँझ भूकम्पको धक्का

प्रकाशित : २०७५/९/२६ गते

लमजुङ, पुस २५– लमजुङमा बुधबार साँझ भूकम्पको धक्का महसुस गरिएको छ ।

जिल्ला सरदमुकाम बेसीशहर नजिक उत्तर पश्चिम क्षेत्रमा केन्द्रबिन्दु बनाएर बुधबार साँझ ३ रेक्टर स्केलको भूकम्प गएको प्रजिअ झंकनाथ ढकालले जानकारी दिए ।

खानी तथा भूगर्भ विभागका अनुसार बुधबार साँझ ७ बजेर ४९ मिनेट जाँदा जिल्लाको बेसीशहर नजिक उत्तर पश्चिम साइडमा केन्द्रबिन्दु बनाएर ३ रेक्टर स्केलको भूकम्प गएको छ ।

प्रतिकृया दिनुहोस्