Hamro Sanchar

आमा

प्रकाशित : २०७५/९/१७ गते

कोखमा राखी जन्मायौ मलाई मेरि आमा
यो सुन्दर संसार देखायौ मलाई मेरि आमा

सहेर ती प्रसब पीडा रमायौ मलाई हेर्दाहेर्दै
काखमै राखी दूध चुसायौ मलाई मेरि आमा!!

दिनरात स्याहार सुसार गरेर थाकिनौ कहिल्यै
तातेताते गरि हिन्न सिकायौ मलाई मेरि आमा!

बिरामी म पर्दा अतालियौ मुखैबारि बसिदियौ
सदैव पिठ्युँमा बोकेर घुमायौ मलाई मेरि आमा

तोते बोलिमै बा बा आमा मुस्कुराउँदै सिकायौ
कापीमा क ख लेख्ने बनायौ मलाई मेरि आमा!!

ममता र स्नेह सबैभन्दा ठूलो आमाको नै हैछ
आदर र सत्कार गर्न लगायौ मलाई मेरि आमा!!

कसैले सोधेँ देउता कुन म भन्छु मेरि आमा हुन
आशीर्वादले भरिपुर्ण बनायौ मलाई मेरि आमा!!

प्रकाश घिमिरे अन्जानयात्री

प्रतिकृया दिनुहोस्