Hamro Sanchar

~~~गजल~~~

प्रकाशित : २०७५/८/२६ गते

कोमल त्यो दिलमा पनि जगजगी होला
नाजुक त्यो मुटुमा पनि आगलागी होला!!

मलाई अर्घेलो बनाई व्यार्थमा बाज्यौ
एक्दिन त्यो ज्यान पनि लगलगी होला!!

नबुझेपछी एकाअर्कालाई पश्चताप नै हो
पाप त्यो मस्तिष्कमा पनि रगरगी होला!!

मुखले दिन्न श्राप आशुको लाग्छ कि श्राप
याद त्यो सपनिमा पनि छायाँछ्वी होला!!

टुटेपछी कसम यदाकदा मिल्छ अरे त्यो
सहयात्री जिन्दगीमा पनि अजनवी होला!!

अन्जानयात्री विश्वप्रकाश

प्रतिकृया दिनुहोस्