Hamro Sanchar

देउडागीत ( समृद्ध नेपाल बनोस्, शुख शान्ति छावोस् )

हाम्रो संचार संवाददाता प्रकाशित : २०७५/८/२१ गते
यूएई

=========देउडागीत========
१)
सिन्डिकेट सेलायो त्यसै सुनकाण्ड फासफुस
जनताले जान्न चाहन्छन् क्या भयो खासखुस
२)
ठग ठेकेदार कारबाही गर्छु भन्यो छानीछानी
गड्यांग गुडुंग बादल गर्ज्यो काई पर्योन पानी
३)
सरकारले जानी बुझी लाज-घिन पचाउदैछ
निर्मला पन्तका हत्यारालाई किन बचाउदैछ
४)
निर्दोष लाई समातीखेर बन्न खोज्या हिरो
अनुसन्धान धेरै भई सक्यो उपलब्धी जिरो
५)
रेलगाडी र पानीजहाज सपना खुब धेकायो
उट्ठाबस्ता कर लगायो उल्टाई ढाण सेकायो
६)
यस्तो गर्छौ उस्तो गर्छौ भाषण मात्रै झिक्क
नेताका आश्वासन सुनी जनता भैग्या दिक्क
७)
देशमा शान्ति सुब्यवस्था कहिले हो आउन्या
पीडितले न्याय र निसाफ कैले सम्म पाउन्या
८)
समृद्ध नेपाल बनोस्, शुख शान्ति छावोस्
चेलीबेटी सुरक्षामा सरकारको ध्यान जावोस्

मान बहादुर के.सी. (मुस्कान देउडाप्रेमी)
मंगल्सैन ४ अछाम, हाल- यूएई
“Nothing is impossible ? Everything is possible”

प्रतिकृया दिनुहोस्