आज : २०८१ आश्विन ११ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

इलाइट मुभर्सको पाँचौ शाखा नयाँ बानेश्वरमा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८१ असोज, ३ गते


Advertisement

काठमाडौं, असोज ३- उच्च शिक्षा अध्ययनको लागि विदेश जाने विद्यार्थीलाई लक्षित गरी काठमाडौंको नयाँ बानेश्वरमा ‘इलाइट मुभर्स एजुकेशनल कन्सल्टेन्सी’ सञ्चालनमा आएको छ ।

विश्वकर्मा पूजाको अवसर पारेर मंगलबार आयोजित एक कार्यक्रमबीच इक्यानका अध्यक्ष शेषराज भट्टराईले कन्सल्टेन्सीको उद्घाटन गरेका थिए ।

युके, अष्ट्रेलिया, क्यानडा, युएसए, जापान, दक्षिण कोरिया, न्युजिल्यान्डलगायत देशमा अध्ययनका लागि जाने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने उद्देश्यले कन्सल्टेन्सी सञ्चालनमा ल्याइएको इलाइट मुभर्सका प्रमुख उद्धव बनले बताए । ‘हामी विद्यार्थीको समय तथा लगानीलाई ध्यानमा राखेर आवश्यक र उचित परामर्श सेवा दिन प्रतिवद्ध छौं’, बनले भने ।

उच्च शिक्षा अध्ययनका लागि युके, अष्ट्रेलिया, क्यानडा, युएसए, जापान, दक्षिण कोरिया र न्युजिल्यान्ड लगायतका देशहरुमा जान चाहने विद्यार्थीलाई लक्षित गरी परीक्षाका तयारी कक्षा तथा अभिमुखीकरण तालिम समेत प्रदान गरिने उनले जानकारी दिए ।

काठमाडौंको डिल्लीबजारमा मुख्य कार्यालय रहेको इलाइट मुभर्सले संचालनमा आएको छोटो अवधिमै कन्सल्टेन्सीले पाँच वटा शाखा विस्तार गर्न सफल भएको हो । कन्सल्टेन्सीले यसअघि बुटवल, अस्ट्रेलिया, युकेमा शाखा विस्तार गरिसकेको छ । भने छिट्टै इटहरीको सुनसरी र बंगलादेशको ढाकामा नयाँ शाखा विस्तार गर्ने तीब्र तयारी भैरहेको प्रमुख बनले जानकारी दिए ।

इलाइट मुभर्स कन्सल्टेन्सीमा आउने विद्यार्थीलाई विदेशका जुनसुकै स्थान तथा विश्वविधालयमा अध्ययनका लागि बिना झञ्झट, उचित र आवश्यक परामर्श सेवा दिन आफूहरु प्रतिवद्ध रहेको बनले बताए ।

उक्त ब्रान्चको डाइरेक्टरको रपमा सुरजराज भट्ट रहेका छन् ।

प्रमाण पत्र तह अध्ययनपछि उच्च शिक्षा अध्ययनका लागि कुन देश जाने भन्ने अन्योलमा रहेका विद्यार्थीहरुलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउने आफूहरुको उद्देश्य रहेको ब्रान्च डाइरेक्टर भट्टले बताए ।

नेपाली क्रिकेट टोलीका विकेटकिपर तथा ओपनर ब्याटर आसिफ सेख यसअघि नै इलाइट मुभर्स एजुकेसन कन्सल्टेन्सीको ब्राण्ड एम्बासडरमा अनुबन्धित भएका छन् ।


प्रतिकृया दिनुहोस्