
काठमाडौं, मंसिर २९- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी एवं भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालकी छोरी प्रतिभा पाठकको आज विवाह हुँदैछ ।
विवाह समारोह पाँच तारे होटल गोकर्ण फरेस्ट रिसोर्टमा हुनेछ । उनको विवाह गोरखाका विज्ञानबाबु रेग्मीसँग हुन लागेको हो ।
उनीहरुबीच मंसिर १२ गते टीकाटालो भएको थियो । आजको विवाह समारोहमा १ हजारभन्दा बढीलाई निम्ता गरिएको छ ।
प्रतिभाले बेलायतबाट उच्च शिक्षा प्राप्त गरेकी हुन् भने विज्ञान स्वीजरल्याण्डमा बस्दै आएका छन् । उनले अक्सफोर्ड विश्वविद्यालयबाट ‘इकोनोमिक डेभलपमेन्ट’ मा स्नातकोत्तर गरेका छन् ।


















