Skip

Hamro Sanchar

उर्लाबारी आगलागीबाट घाइते थप एक जनाको मृत्यु, मृतक संख्या पाँच पुग्यो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० मंसिर, १२ गते


विराटनगर, मंसिर १२- मोरङ उर्लाबारीको आगलागी घटनामा परेर घाइते थप एक जनाको उपचारका क्रममा मृत्यु भएको छ । घटनामा गम्भीर घाइते भएका उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा सोमबार राति मृत्यु भएको हो ।

मरिताको भएसँगै मृतकको संख्या ५ पुगेको हो ।

कात्तिक २६ गते लक्ष्मपूजाको राति भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए । काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार गराइरहेकाहरूमध्ये हालसम्म ५ जनाको मृत्यु भइसकेको छ ।

अन्य घाइतेको काठमाडौंमै उपचार जारी छ।

यसअघि उर्लाबारी ७ कै ६८ वर्षीय रुकुमबहादुर कार्कीको मंसिर ९ गते शनिबार उपचारकै क्रममा मृत्यु भएको थियो । त्यस्तै उर्लाबारी–७ का ४२ वर्षीय कुमार तामाङ, सोही ठाउँका ४९ वर्षीय हेमकुमार दाहाल र ४३ वर्षीय तपन पण्डितको यसअघि नै मृत्यु भइसकेको थियो ।

लक्ष्मीपूजाको दिन राति साढे १० बजेतिर उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा रहेको सुनचाँदी पसलमा आगलागी भएको थियो ।


प्रतिकृया दिनुहोस्