काठमाडौं, कात्तिक २३- सरकारले युरोपको पोर्चुगलमा नेपाली दूतावास स्थापना गर्ने भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले पोर्चुगलमा नेपाली दूतावास स्थापना गरी शनिल नेपाललाई राजदूत सिफारिस गर्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन् ।
पाल्पाका शनिल कुटनीति, योजना, विकास र नीति निर्माणका क्षेत्रमा विज्ञका रूपमा सक्रिय थिए ।
उनी नेविसंघ त्रिवि समिति अध्यक्षसमेत थिए । उनले अंग्रेजी साहित्य र समाजशास्त्रमा स्नातकोत्तर गरेका छन् ।