Hamro Sanchar

सरकारद्वारा पेट्रोलियम पद्धार्थको मूल्यवृद्धि फिर्ता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८० असोज, १४ गते


Advertisement

काठमाडौं, असोज १४ – सरकारले नेपाल आयल निगमले आजदेखि लागू हुनेगरी गरेको मूल्यवृद्धि फिर्ता लिएको छ ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले हाललाई पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने निर्णय गरेको हो । पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्ने सरकारको तयारी रहेको छ । नेपाल आयल निगम संचालक समितिको बैठकसमोत आजै बसेर पहिलेकै मूल्यमा पेट्रोलियम पदार्थको कारोबार गर्ने निर्णयसमेत हुने भएको छ ।

नेपाल आयल निगमले शनिबार पेट्रोलको मूल्य प्रतिलिटर २ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ६ रुपैयाँ बढाउने निर्णय गरेको थियो । यस्तै हवाइ इन्धनको मूल्य आन्तरिकतर्फ प्रतिलिटर ८ तथा हवाइ इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ६० प्रतिलिटर (करिब ८ रुपैयाँ) बढाएको थियो ।

यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य पनि २१५ रुपैयाँ बढाउने निर्णय भएको निगमले विज्ञप्तिमार्फत जानकारी दिएको थियो ।


प्रतिकृया दिनुहोस्